कविता – दशैं « Khabarhub

कविता – दशैं


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजेन्द्र पौडेल

हिलो र मैलो कचरा पखाल्यो
लाग्यो दशै मिर्मिर भो उजाल्यो
आकास छन् निर्मल स्वच्छ गंगा
उड्छिन् खुशी भै मन भित्र चङ्गा ।

जाडो र गर्मी न सुखा न बाढी
न कामका डङ्गुर छन् अगाडि
मिल्दा सबै प्राकृत तारतम्य
संसार नै लाग्छ सुखी सुरम्य ।

राता पहेला जब फूल फुल्छन्
त्यै मोहमा कीटपतङ्ग भुल्छन्
पन्छी डुले भुर्भुर पात पात
उमङ्गको प्रारुप भो प्रभात ।

देखिन्न पीडा पशुपन्छी माझ
आनन्दले लठ्ठ छ यो समाज
तोडी सबै दानव रूपजाल
दुर्गा बनायौं धरती कमाल ।

फालेर मैलो मन भित्र देखि
तोडी अहंकार घमण्ड शेखी
आयो दशै हर्षित भावनाले
मानौं मनाऔं शुभकामनाले।।

पौडेल पेशाले इन्जिनियर हुन्।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १ : १६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा