पब्जीमा प्लेयर्सलाई आकर्षित गर्न नयाँ फिचरसहित अपडेट ! « Khabarhub

पब्जीमा प्लेयर्सलाई आकर्षित गर्न नयाँ फिचरसहित अपडेट !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युवाहरुमाझ निकै लोकप्रिय बनेको अनलाइन गेम पब्जीमा प्लेयर्सलाई आकर्षित गर्न विभिन्न फिचरसहित नयाँ अपडेट भर्सन ल्याइएको छ ।

विश्वभर निकै खेलिने मध्येको अनलाइन गेम प्लेयर अननोन्स ब्याटल ग्राउण्ड अर्थात पब्जीको लोकप्रियता गत वर्षको भन्दा ८२ प्रतिशतले घटेको तथ्य सार्वजनिक भएसँगै ग्याम निर्माणकर्ताहरुले नयाँ अपडेट थपेको हो ।

आइकोनिक ब्याटल रोयल गेम पब्जीले जनवरी २०१८ को तुलनामा ८२ प्रतिशत प्लेयर्स गुमाएको स्टीम चार्टसको रिपोर्टमा उल्लेख छ ।

स्टीम चार्टसको डाटाअनुसार पछिल्लो चार सातामा पब्जीका औसत मासिक प्लयर्स २,८८,८४८ रहेको छ । तर सन् २०१८ जनवरीमा यो डाटा १,५८४,८८६ प्लेयर्स प्रति महिना रहेको थियो ।

पब्जी गेमले जून २०१८ मा ४० करोड प्लेयर्सको लगइन संख्या पुगेको थियो । यो गेमले आफ्नो सक्रिय प्लेयर्सको संख्या लगभग एक सालसम्म १० लाख भन्दा माथि राखेको थियो जुन संख्या २०१८ सेप्टेम्बरमा घटेको थियो ।

पछिल्लो दिनमा आएको प्लेयर्सहरुको कमीलाई पूर्ति गर्न र प्लेयर्सलाई फिर्ता ल्याउन कम्पनीले नयाँ अपडेटहरु ल्याईरहेको छ । हालै मात्र कम्पनीले अपडेट ५.१का साथ सिजन ५ रिलिज गरेको थियो । यो नयाँ अपडेटमा कम्पनीले कयौं नयाँ फिचर्स तथा एलिमेन्टलाई जोडेको थियो ।

त्यसैगरि पब्जीले अर्को अनलाइन गेम फोर्टनाइटको देखासिकी गर्दै गेममा भेण्डिंग मेसिन पनि जोडेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : ४४ बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल