पब्जीमा प्लेयर्सलाई आकर्षित गर्न नयाँ फिचरसहित अपडेट ! « Khabarhub

पब्जीमा प्लेयर्सलाई आकर्षित गर्न नयाँ फिचरसहित अपडेट !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युवाहरुमाझ निकै लोकप्रिय बनेको अनलाइन गेम पब्जीमा प्लेयर्सलाई आकर्षित गर्न विभिन्न फिचरसहित नयाँ अपडेट भर्सन ल्याइएको छ ।

विश्वभर निकै खेलिने मध्येको अनलाइन गेम प्लेयर अननोन्स ब्याटल ग्राउण्ड अर्थात पब्जीको लोकप्रियता गत वर्षको भन्दा ८२ प्रतिशतले घटेको तथ्य सार्वजनिक भएसँगै ग्याम निर्माणकर्ताहरुले नयाँ अपडेट थपेको हो ।

आइकोनिक ब्याटल रोयल गेम पब्जीले जनवरी २०१८ को तुलनामा ८२ प्रतिशत प्लेयर्स गुमाएको स्टीम चार्टसको रिपोर्टमा उल्लेख छ ।

स्टीम चार्टसको डाटाअनुसार पछिल्लो चार सातामा पब्जीका औसत मासिक प्लयर्स २,८८,८४८ रहेको छ । तर सन् २०१८ जनवरीमा यो डाटा १,५८४,८८६ प्लेयर्स प्रति महिना रहेको थियो ।

पब्जी गेमले जून २०१८ मा ४० करोड प्लेयर्सको लगइन संख्या पुगेको थियो । यो गेमले आफ्नो सक्रिय प्लेयर्सको संख्या लगभग एक सालसम्म १० लाख भन्दा माथि राखेको थियो जुन संख्या २०१८ सेप्टेम्बरमा घटेको थियो ।

पछिल्लो दिनमा आएको प्लेयर्सहरुको कमीलाई पूर्ति गर्न र प्लेयर्सलाई फिर्ता ल्याउन कम्पनीले नयाँ अपडेटहरु ल्याईरहेको छ । हालै मात्र कम्पनीले अपडेट ५.१का साथ सिजन ५ रिलिज गरेको थियो । यो नयाँ अपडेटमा कम्पनीले कयौं नयाँ फिचर्स तथा एलिमेन्टलाई जोडेको थियो ।

त्यसैगरि पब्जीले अर्को अनलाइन गेम फोर्टनाइटको देखासिकी गर्दै गेममा भेण्डिंग मेसिन पनि जोडेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : ४४ बजे

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज– पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा