रियलको जीतमा रोड्रिग्वको ह्याट्रिक, गलातासारे ६-० ले पराजित « Khabarhub

रियलको जीतमा रोड्रिग्वको ह्याट्रिक, गलातासारे ६-० ले पराजित


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोड्रिग्वकोको ह्याट्रिकसँगै करिम बेन्जिमाको दुई गोलमा रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जीत निकालेको छ ।

बुधबार राति भएको खेलमा रियल मड्रिडले टर्किस क्लब गलातासारेलाई ६–० गोल अन्तरले हराएको हो ।

खेलको अग्रता रियलले चौथो मिनेटमा रोड्रिग्वको गोलबाट लिएको थियो । सातौ मिनेटमा उनैले रियलको अग्रता दोब्बर बनाएका थिए ।

सर्जियो रामोले १४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए ।

करिम बेन्जिमाले ४५ औ मिनेटमा गोल गर्दै पहिलो हाफमा रियललाई ४–० ले अघि बढाएका थिए ।

बेन्जिमाले ८१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई फराकिलो जितर्फ डोर्याएका थिए । ईन्जुरी समयमा रोड्रिग्वेले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

समूह एमा रहेको रियलले ४ खेलबाट ७ अंक जोड्यो । रियललाई नकआउट चरणमा छनोट हुन मात्र २ अंक आवश्यक छ ।

हारसंगै टर्किस क्लब गलातासारे प्रतियोगिताबाट बाहिरिएको छ ।

ब्राजिलियन फरवार्ड रोड्रिग्वले रियल मड्रिडबाट ६ खेलमा मात्र मौका पाएका छन् । उनी दोस्रो पटक च्याम्पियन्स लिगमा देखिएका हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : ४२ बजे

समाचारबारे अनुगमन भइरहेको छ, आचारसंहिता कडाइसाथ लागू गर्छौँ : आयुक्त भण्डारी

भक्तपुर– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

राष्ट्रिय निकुञ्जसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी

चन्द्रगढी विमानस्थलमा उत्रिँदै ओलीले भने : यस पटक झापा सूर्यमय हुन्छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय

राष्ट्रियसभामा उठ्यो फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ताको विषय

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका

दैनिक प्रयोग गर्ने टुथपेष्टमा सिसा भेटिनु गम्भीर चिन्ताको विषय : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन, लिपस्टिक,