नेपालमा पनि माहा चक्रवातको आंशिक प्रभाव « Khabarhub

नेपालमा पनि माहा चक्रवातको आंशिक प्रभाव


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पश्चिमी वायुको साथै माहा चक्रवातको आंशिक प्रभाव परेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै महाशाखाले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको संभावना रहेकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । हाल देशको पश्चिम र मध्य क्षेत्र लगायत पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको र अन्य भू–भागमा भने मौसम सफा छ ।

महाशाखाका अनुसार बिहीबार आइतबार पश्चिमी, पूर्वी र मध्य पहाडी भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली भेगमा हिमपातको सम्भावना छ । त्यस्तै शुक्रबार पहाडी र पूर्वी तराईमा आंशिक बदली रही पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ:

कार्तिक २१ गते (बिहिबार)

दिउँसो: देशको पश्चिम र मध्य भु-भाग लगायत पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि भु-भागमा हिमपातको सम्भावना छ ।

राति: देशको पश्चिम भु-भागमा आंशिक देखि सामान्य बदलि रही मध्य र पूर्वी पहाडी भुभागमा आंशिक बदलि र बाँकी भु-भागमा सामान्यतया सफा रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागमा एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि भु-भागमा हिमपातको सम्भावना छ ।

कार्तिक २२ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि पुर्वी तराइका भु-भागमा आंशिक बदलि रहने छ र बाँकि भु-भागमा सामान्यतया सफा रहने देखिन्छ। देशका पहाडि भु-भागको एक दुइ स्थानमा हल्का वर्षा र हिमालि भु-भागमा हिमपातको सम्भावना छ ।

राति: देशको पुर्वी भु-भाग लगाएत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

कार्तिक २३ गते (शनिबार)

दिउँसो: देशको पुर्वी भु-भाग लगायत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

राति: देशको पुर्वी र मध्य भु-भाग लगाएत पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : ५९ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि