एमएमसीको बलिङमा कप्तान मल्ल ‘डक आउट’ « Khabarhub

एमएमसीको बलिङमा कप्तान मल्ल ‘डक आउट’


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन दिवसीय क्रिकेटको दोस्रो इनिङका लागि व्याटिङमा उत्रिएको नेपालले पहिलो बलमा कप्तानलाई गुमाएको छ ।

एमएमसीको बलिङमा कप्तान ज्ञानेन्द्र मल्ल ‘डक आउट’ भएका हुन् ।

नेपालको तर्फबाट ओपनिङमा राजु रिजाल र ज्ञानेन्द्र मल्ल मैदानमा उत्रिएका थिए ।

नेपालविरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो इनिङ्समा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय ६४ रन बनाएको थियो ।

नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलिरहेको हो । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।

फस्ट क्लास क्रिकेटपछि नेपालले टी–ट्वान्टी क्रिकेट खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ११ : १६ बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको