पति–पत्नीबीच झगडा भइरहन्छ ? यसो गर्नुस् « Khabarhub

पति–पत्नीबीच झगडा भइरहन्छ ? यसो गर्नुस्


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पति-पत्नीबीचको झगडा परालको आगो भन्ने प्रचलन र उक्ति नेपालमा चल्दै आएको छ । तर पति पत्नीबीचको विवाद र झगडा सधै परालको आगो जस्तो सामान्य हो भन्न चाँहि मिल्दैन । प

ति पत्नीबीचको सम्बन्धमा समस्या आउँदा यसले पारपाचुके सम्मको अवस्थामा पुराउने गरेको छ ।

त्यसैले पति पत्नीबीचको विमतिलाई समाधान गर्ने तर्फ अघि बढाउनु आवश्यक हुन्छ । पति पत्नीबीच झगडा हुनु र कुरा नमिल्नु वा ठाकठुक पर्न स्वभाविक नै हो तर परिवार चलाउने कुरामा सधै यस्तो क्रम हुन थाल्यो भने चाँहि यसले राम्रो संकेत गर्दैन ।

पति-पत्नीबीच उत्पन्न हुने यस्ता मतभेतले क्रमस दुबैको सम्बन्धलाई चिरा पार्दै लान्छ । र, यो क्रम जारी रह्यो भने दाम्पत्य जीवन नै तहसनहस हुनसक्छ । त्यसैले बेलैमा सम्बन्ध सुधार वा झगडाको कारण पहिल्याउने काम गर्न सकियो भने पारिवारिक बेमेलको अवस्था बन्ने छैन ।

त्यसैले पति पत्नीले पारिवारीक रथलाई सही रुपमा चलाउन समस्याहरुको सुरुमै निरुपण गर्नु पर्ने हुन्छ । त्यसका लागि पति पत्नीले केही कुरामा ध्यान दिन जरुरी छ ।

यी कुरामा दिनुस् ध्यान

दम्पतीबीच छलफलको वातावरण हुनुपर्छ । व्यस्तताको बीचमा पनि दुबैजनाले छलफल गर्नुपर्छ । दुबैले एक अर्कालाई समय दिन आवश्यक हुन्छ ।

कुनै पनि निर्णय गर्नुपरेको खण्डमा एक्लै गर्ने भन्दा पनि छलफलको माध्यमबाट गर्ने गरौं । यसो गर्न सकियो भने झगडा वा विवाद पनि पर्दैन ।

एकअर्काको ख्याल राखौं । पतिले पत्नीको र पत्नीले पतिको ख्याल राखौं । दुबैको पिर मर्का साझेदार गरौं । पारिवारिक दायित्व पतिलाई मात्र सुम्पने वा घरधन्दाको काममा पत्नीको मात्र भर पर्ने प्रवृत्ति त्यागौं ।

शंका र अविश्वासले दम्पतीबीच फाटो ल्याउँछ । त्यसैले पहिले त शंका, उपशंका, अविश्वासको वातावरण बन्न नै नदिने । यदि त्यसो भइहाले पनि, दुबै स्पष्ट हुनुपर्छ । दम्पतीबीच कुनैपनि कुरा लुक्नु हुँदैन ।

कहिले कहिं रमाइलो गरौं, मनोरञ्जन गरौ । सिनेमा हेर्ने, घुमफिर गर्ने, पुस्तक पढ्ने गरौं । यसले दाम्पत्य सम्बन्ध थप मजबुद हुन्छ ।

पति वा पत्नीप्रति गरिने अपेक्षाले पनि झगडाको रुप लिन्छ । त्यसैले अनावश्यक अपेक्ष नगरौं ।

पारिवारिक दायित्व एकजनाको काँधमा मात्र सुम्पदा पनि त्यसले आपसी असमझदारी बढ्छ । त्यसैले पारिवारिक दायित्व साझेदार गरौं । चाहे घरको आथिर्क कुरामा होस् वा अन्य काममा नै दुबैले सराबरी सहभागिता जनाउनु पर्छ ।

पारिवारिक योजना तय गरौ । पती पत्नी मिलेर आफ्नो पारिवारिक जीवन कसरी राम्रो, बलियो, सुमधुर, उज्वल बनाउने भन्ने कुराको खाका तयार गरौ ।

अहिले सामाजिक सञ्जालका कारण पनि दम्पतीबीच कलह हुने गरेका छन् । यसले सम्बन्ध विच्छेदको अवस्थामा समेत पुर्‍याउने गरेका छन् । सामाजिक संजालमा धेरै समय व्यतित गर्ने, फेक एकाउन्ट बनाउने जस्ता गतिविधि नगरौ । निजी पारिवारिक तस्विर पनि फेसबुकमा शेयर नगरौं । सामाजिक सञ्जाललाई भन्दा पति पत्नीसँगै भएका बेलामा पारिवारिक, माया प्रेम, भविष्य, योजना का बारेमा गफ गरौं ।

बुवा, आमा, सासू ससुरा लगायतका सम्बन्धलाई गम्भीरताका साथ लिने गरौं पतिले पत्नीलाई र पत्नीले पतिलाई सम्बधका बारेमा धेरै दवाव दिने भन्दा पनि समझदारीमा अघि बढ्ने गरौं ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : ०५ बजे

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज– खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि

आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना

जनकपुरधाम– कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मधेस प्रदेशको करिब १३

विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे

न्युयोर्क – अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा डि-बक्स बाहिरबाट

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको