पति–पत्नीबीच झगडा भइरहन्छ ? यसो गर्नुस् | Khabarhub Khabarhub

पति–पत्नीबीच झगडा भइरहन्छ ? यसो गर्नुस्


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पति-पत्नीबीचको झगडा परालको आगो भन्ने प्रचलन र उक्ति नेपालमा चल्दै आएको छ । तर पति पत्नीबीचको विवाद र झगडा सधै परालको आगो जस्तो सामान्य हो भन्न चाँहि मिल्दैन । प

ति पत्नीबीचको सम्बन्धमा समस्या आउँदा यसले पारपाचुके सम्मको अवस्थामा पुराउने गरेको छ ।

त्यसैले पति पत्नीबीचको विमतिलाई समाधान गर्ने तर्फ अघि बढाउनु आवश्यक हुन्छ । पति पत्नीबीच झगडा हुनु र कुरा नमिल्नु वा ठाकठुक पर्न स्वभाविक नै हो तर परिवार चलाउने कुरामा सधै यस्तो क्रम हुन थाल्यो भने चाँहि यसले राम्रो संकेत गर्दैन ।

पति-पत्नीबीच उत्पन्न हुने यस्ता मतभेतले क्रमस दुबैको सम्बन्धलाई चिरा पार्दै लान्छ । र, यो क्रम जारी रह्यो भने दाम्पत्य जीवन नै तहसनहस हुनसक्छ । त्यसैले बेलैमा सम्बन्ध सुधार वा झगडाको कारण पहिल्याउने काम गर्न सकियो भने पारिवारिक बेमेलको अवस्था बन्ने छैन ।

त्यसैले पति पत्नीले पारिवारीक रथलाई सही रुपमा चलाउन समस्याहरुको सुरुमै निरुपण गर्नु पर्ने हुन्छ । त्यसका लागि पति पत्नीले केही कुरामा ध्यान दिन जरुरी छ ।

यी कुरामा दिनुस् ध्यान

दम्पतीबीच छलफलको वातावरण हुनुपर्छ । व्यस्तताको बीचमा पनि दुबैजनाले छलफल गर्नुपर्छ । दुबैले एक अर्कालाई समय दिन आवश्यक हुन्छ ।

कुनै पनि निर्णय गर्नुपरेको खण्डमा एक्लै गर्ने भन्दा पनि छलफलको माध्यमबाट गर्ने गरौं । यसो गर्न सकियो भने झगडा वा विवाद पनि पर्दैन ।

एकअर्काको ख्याल राखौं । पतिले पत्नीको र पत्नीले पतिको ख्याल राखौं । दुबैको पिर मर्का साझेदार गरौं । पारिवारिक दायित्व पतिलाई मात्र सुम्पने वा घरधन्दाको काममा पत्नीको मात्र भर पर्ने प्रवृत्ति त्यागौं ।

शंका र अविश्वासले दम्पतीबीच फाटो ल्याउँछ । त्यसैले पहिले त शंका, उपशंका, अविश्वासको वातावरण बन्न नै नदिने । यदि त्यसो भइहाले पनि, दुबै स्पष्ट हुनुपर्छ । दम्पतीबीच कुनैपनि कुरा लुक्नु हुँदैन ।

कहिले कहिं रमाइलो गरौं, मनोरञ्जन गरौ । सिनेमा हेर्ने, घुमफिर गर्ने, पुस्तक पढ्ने गरौं । यसले दाम्पत्य सम्बन्ध थप मजबुद हुन्छ ।

पति वा पत्नीप्रति गरिने अपेक्षाले पनि झगडाको रुप लिन्छ । त्यसैले अनावश्यक अपेक्ष नगरौं ।

पारिवारिक दायित्व एकजनाको काँधमा मात्र सुम्पदा पनि त्यसले आपसी असमझदारी बढ्छ । त्यसैले पारिवारिक दायित्व साझेदार गरौं । चाहे घरको आथिर्क कुरामा होस् वा अन्य काममा नै दुबैले सराबरी सहभागिता जनाउनु पर्छ ।

पारिवारिक योजना तय गरौ । पती पत्नी मिलेर आफ्नो पारिवारिक जीवन कसरी राम्रो, बलियो, सुमधुर, उज्वल बनाउने भन्ने कुराको खाका तयार गरौ ।

अहिले सामाजिक सञ्जालका कारण पनि दम्पतीबीच कलह हुने गरेका छन् । यसले सम्बन्ध विच्छेदको अवस्थामा समेत पुर्‍याउने गरेका छन् । सामाजिक संजालमा धेरै समय व्यतित गर्ने, फेक एकाउन्ट बनाउने जस्ता गतिविधि नगरौ । निजी पारिवारिक तस्विर पनि फेसबुकमा शेयर नगरौं । सामाजिक सञ्जाललाई भन्दा पति पत्नीसँगै भएका बेलामा पारिवारिक, माया प्रेम, भविष्य, योजना का बारेमा गफ गरौं ।

बुवा, आमा, सासू ससुरा लगायतका सम्बन्धलाई गम्भीरताका साथ लिने गरौं पतिले पत्नीलाई र पत्नीले पतिलाई सम्बधका बारेमा धेरै दवाव दिने भन्दा पनि समझदारीमा अघि बढ्ने गरौं ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : ०५ बजे

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको

निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ : अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

काठमाडौं- बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार