भूकम्पले क्षति पुर्‍याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न « Khabarhub

भूकम्पले क्षति पुर्‍याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखा जिल्लामा भूकम्पले क्षति पुर्‍याएका २ सय ८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ ।

भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिए ।

‘जिल्लामा भूकम्पले कूल ४ सय १९ विद्यालयमा क्षति पुर्‍याएको हो’, उनले भने, ‘त्यसमध्ये प्राथामिकताका आधारमा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको छ ।’ इञ्जिनीयर देवकोटाले गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत जिल्लाको ७० विद्यालयमा शौचालय निर्माणसमेत सम्पन्न भइसकेको बताए ।

भवनका हिसाबले हेर्दा जिल्लामा अहिलेसम्म २ सय ९५ विद्यालयको भवन पुनःनिर्माण भएको उनले जानकारी दिए । ‘पुनःनिर्माण भएकामध्ये पनि १ सय २० विद्यालयलाई अझै कक्षाकोठा अभाव भइरहेको भन्ने गुनासो छ’, इञ्जिनीयर देवकोटाले भने, ‘त्यसका लागि पनि अपुग विद्यालयमा थप कक्षाकोठा निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।’

प्राधिकरणमार्फत जिल्लामा चालू आवमा ६५ विद्यालय भवन निर्माण हुने एकाइले जनाएको छ । जिल्लामा विद्यालय भवन र शौचालय निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट करीब ४० करोड रुपैयाँ बजेट विनियोजन भएको इञ्जिनीयर देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ११ : ३७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको