भूकम्पले क्षति पुर्‍याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न | Khabarhub Khabarhub

भूकम्पले क्षति पुर्‍याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखा जिल्लामा भूकम्पले क्षति पुर्‍याएका २ सय ८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ ।

भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिए ।

‘जिल्लामा भूकम्पले कूल ४ सय १९ विद्यालयमा क्षति पुर्‍याएको हो’, उनले भने, ‘त्यसमध्ये प्राथामिकताका आधारमा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको छ ।’ इञ्जिनीयर देवकोटाले गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत जिल्लाको ७० विद्यालयमा शौचालय निर्माणसमेत सम्पन्न भइसकेको बताए ।

भवनका हिसाबले हेर्दा जिल्लामा अहिलेसम्म २ सय ९५ विद्यालयको भवन पुनःनिर्माण भएको उनले जानकारी दिए । ‘पुनःनिर्माण भएकामध्ये पनि १ सय २० विद्यालयलाई अझै कक्षाकोठा अभाव भइरहेको भन्ने गुनासो छ’, इञ्जिनीयर देवकोटाले भने, ‘त्यसका लागि पनि अपुग विद्यालयमा थप कक्षाकोठा निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।’

प्राधिकरणमार्फत जिल्लामा चालू आवमा ६५ विद्यालय भवन निर्माण हुने एकाइले जनाएको छ । जिल्लामा विद्यालय भवन र शौचालय निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट करीब ४० करोड रुपैयाँ बजेट विनियोजन भएको इञ्जिनीयर देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ११ : ३७ बजे

जुम्लाको सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

जुम्ला– जुम्लाको सिंजा गाउँपालिकाभित्रका ६ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा

रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान

बागलुङ– ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरू लोपजस्तै भएका छन्

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष