‘भीआईपी’ बनेर गाउँ पुगेका नेताहरुलाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए « Khabarhub

‘भीआईपी’ बनेर गाउँ पुगेका नेताहरुलाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- गाउँमा खानेपानीको समस्या बिकराल रहेको कुरा उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा । तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा ।

गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्यबहारिकरुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए–पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने ।

त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए गाउँलेले । उक्त समस्या बुझाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भयो ।

एउटा कार्यक्रमका लागि मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकाल बस्ती पुगेका विभिन्न दलआवद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको गाग्री डोकोमा राखेर बोक्नुपर्‍यो, त्यो पनि ठाडो उकालोमा ।

स्थानीयलाई उक्त क्षेत्रमा खानेपानीको समस्याले वर्षौंसम्म डोकोमा गाग्री राखेर पानीको भारी बोक्नु निकै सकसपूर्ण छ । महांकाल बस्तीका २२ घरपरिवार तथा एक विद्यालय खानेपानीको समस्याबाट वर्षौदेखि आक्रान्त छ ।

विशेषतः स्थानीय महिला झिसमिसेमै ठाडो उकालो/ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन् ।

स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुगेका प्रदेश सांसद् सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोकेका थिए ।

सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिचीमिची हाँसेका थिए । नेताहरुले पानी भरिएको गाग्री डोकोमा राखेर विद्यालयसम्म त पुर्‍याए, त्यसपछि उनीहरुको शारीरिक पीडा दयालाग्दो देखिएको नेपाल समाचारपत्रमा खबर छ ।

‘हो हजुरहरु, हामी दिनहुँ यसैगरी डोकोमा पानी बोक्न बाध्य हुन्छौं,’ विद्यालय व्यबस्थापन समिति अध्यक्ष जयबहादुर तितुङले नेतागणलाई भने, ‘यस्तो समस्या तत्काल समाधानका लागि हजुरहरुलाई गाग्रीसहितको डोको बोकाउनुपरेको हो, माफ गर्नुहोला ।’

गाउँपालिकाका अध्यक्ष मल्लले लामो सास फेरेर भने–’तपाईंहरुले यसरी सिर्जनात्मकढंगले आफ्ना आवश्यकता माग गर्नुभएको छ । चालु आर्थिक वर्षमै खानेपानी समस्या समाधान गर्नेछौं । यो हाम्रो प्रतिवद्धता भयो ।’

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : ०७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको