पेस्तोल र गोलीसहित काठमाडौंको चोभारबाट ३ लुटेरा पक्राउ « Khabarhub

पेस्तोल र गोलीसहित काठमाडौंको चोभारबाट ३ लुटेरा पक्राउ


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चोभरबाट ३ जना लुटेराहरु हतियारसहित पक्राउ परेका छन् ।

केही समय अगाडि काठमाडौंका विभिन्न ठाउँमा हुने गरका लुटपाटका घटनामा संलग्न व्यक्ति पक्राउ परेका महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकूल थापाले खबरहबलाई जानकारी दिए ।

थापाका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपाकिला–१४ का मनोज बस्नेत तथा देवेन्द्र भण्डारी र काठमाडौंको कीर्तिपुर नगरपालिका बस्ने सुमन खड्का छन् ।

उनीहरुको साथबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद भएको एसएसपी थापाले जानकारी दिए ।

बा १७ च ८३६४ नम्बरको कारमा सवार रहेका उनीहरुलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको थापाले जानकारी दिए । थापाका अनुसार उनीहरुको राथबाट लागू औषधसमेत बरामद भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  २ : ५४ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका