तीन दिवसीय क्रिकेट– नेपाल १५३ रनमा अलआउट « Khabarhub

तीन दिवसीय क्रिकेट– नेपाल १५३ रनमा अलआउट


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमसीसी विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो इनिङ्समा नेपाल अलआउट भएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा दोस्रो दिनको पहिलो सेसनमा एमसीसी अलआउट भएपछि ब्याटिङमा उत्रिएको नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दै अल आउट भएको हो ।

नेपाललाई सुरुवातमा झड्का लागेको थियो । ओपनरका रुपमा मैदान प्रवेश गरेका ज्ञानेद्र मल्ल डक आउट भएका थिए । नेपालले १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो । राजु रिजालले ८ रन जोड्दा शरद भेषवाकर ४ रनमा आउट भएका थिए ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३८ रन बनाए ।

एमसीसीलाई ३ सय ६४ रनमा अलआउट गरेर ब्याटिङ थालेको नेपालले लन्च ब्रेकसम्म १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनायो । पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन बिहिबार ५३ रन जोड्दा बाँकि ४ विकेट गुमाएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ३ : ४० बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको