अकुपाई टुँडिखेलका नाममा राजनीति नगरौं- मेयर शाक्य  « Khabarhub

अकुपाई टुँडिखेलका नाममा राजनीति नगरौं- मेयर शाक्य 


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अकुपाई टुँडिखेल अभियानलाई राजनीतिक रङ नदिन सुझाव दिएका छन् ।

बिहीवार शंखधर दिवसका अवसरमा काष्ठमाण्डप सामूदायिक अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले अकुपाई टुँडिखेल अभियानलाई राजनीतिक स्वार्थ पूरा गर्ने अस्त्र बनाउन नहुने बताएका हुन् ।

‘अकुपाईँ टुँडिखेल’ अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी आएको छ,’ कार्यक्रममा बोल्दै मेयर शाक्यले भने ‘टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियानमा महानगरपालिका सकारात्मक छ । टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राख्ने दायित्व महानगरपालिकाको पनि हो । तर, अभियानको बाहनामा केहीले राजनीतिक स्वार्थ पूरा गर्ने र जस लिने होडबाजी गरे भने त्यो राम्रो होइन ।’

हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन महानगरपालिकाले सक्दो प्रयास गर्ने भन्दै टुँडिखेलमा राजनीति नगर्न आग्रह गरे ।

मेयर शाक्यले भने ‘दरबार हाइस्कुल, धरहरा र विर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो । ती संरचनाका निर्माण पूरा हुँदैछन् । ती संरचना पूरा हुने वित्तिकै खुलामञ्च खाली हुन्छ ।’

मेयर शाक्यले संरचना निर्माण भएसँगै खुलामञ्च खाली हुने भएपछि त्यसको जस लिने होडबाजीमा अभियान सञ्चालन गरिएको त होइन भनी आशंका समेत व्यक्त गरे ।

उनले भने– ‘महानगरपालिका टुँडिखेललाई स्थायी वसपार्क बनाउने अभियानमा हिजो थिएन, आज छैन र भोलि पनि रहने छैन ।’

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : १० बजे

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको