नेपाली चलचित्रको विकासमा जोडदिनुपर्ने राष्ट्रपतिको सुझाव « Khabarhub

नेपाली चलचित्रको विकासमा जोडदिनुपर्ने राष्ट्रपतिको सुझाव


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पुर्‍याउनुपर्ने बताएकी छिन् ।

नेपाली चलचित्र प्रदर्शन ५४ औँ वर्षमा प्रवेश गरेका उपलक्ष्यमा वीरगञ्जमा आयोजित ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक, भाषिक क्षेत्रको विकासमा ठूलो योगदान पुर्‍याएको नेपाली चलचित्र जगत्लाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिइन्। तीन दिनसम्म चल्ने महोत्सवमा ६ भन्दा बढी चलचित्र प्रदर्शन गरिने छन् ।

“प्राकृतिक छटाले भरिपूर्ण रहेको तथा प्रकृतिको काखमा अवस्थित यो प्रदेशमा आयोजित यस कार्यक्रमले चलचित्र क्षेत्रको विकासमा थप टेवा थपेको छ”, राष्ट्रपति भण्डारीले भनिन्, “चलचित्रको कारण देशको गौरवको बढेकाले यसलाई सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ ।”

राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्ने पनि बताइन् । उनले स्वच्छ, स्वस्थ, स्वतन्त्र रुपमा निर्माण गर्नुपर्ने बताउँदै निर्माताहरुलाई समाजमा व्याप्त रहेको बोक्सी प्रथा, बालविबाह, दाइजो प्रथा जस्ता कुरीतिको विरोधमा सकारात्मक चलचित्र बनाउन सुझाव दिइन्।
सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली चलचित्रका प्रथम छायाकार बैकुण्ठ मास्के र सम्पादक तीर्थराज श्रेष्ठलाई स्वर्णीम सम्मान प्रदान गरे । केडिया समूहका तर्फबाट प्रदीप केडियालाई सम्मान हस्तान्तरण गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रलाई मनोरञ्जनका रुपमा मात्र नलिएर यसमा नयाँनयाँ सिर्जना गरी हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्नुपर्ने तथा चलचित्र क्षेत्रको विकासमा सरकार मात्र नभएर निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने बताए । चलचित्र निर्मातालाई सिर्जनात्मक तथा नेपालीपन एवं मौलिकतालाई ध्यानमा राखी चलचित्र निर्माण गर्न पनि उनले आह्वान गरे ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय सिने स्टार गोविन्दाको नाम लिनेहरु कार्यक्रममा बढी देखिएको तर हाम्रै देशमा रहेका कलाकारलाई बिर्सिने गरेको बताउँदै निर्माताले चलचित्र बनाउँदा समाजले मागेको कथावस्तु दिन सक्नुपर्ने बताए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियालगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : ५५ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक