सहायक रथी श्रेष्ठलाई फास्ट ट्र्याक प्रमुखको जिम्मेवारीबाट हटाइयो | Khabarhub Khabarhub

सहायक रथी श्रेष्ठलाई फास्ट ट्र्याक प्रमुखको जिम्मेवारीबाट हटाइयो


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सहायक रथी शरदलाल श्रेष्ठलाई काठमाडौं–निजगढ फास्ट ट्र्याक आयोजना प्रमुखको जिम्मेबारीबाट हटाइएको छ ।

तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँडमाथि लागेको आर्थिक अनियमितता प्रकरणमा सोधपुछका लागि भन्दै सहायक रथी श्रेष्ठलाई आयोजना प्रमुखको जिम्मेवारीबाट हटाइएको नेपाली सेनाले जनाएको हो ।

फास्ट ट्र्याकको आर्थिक अनियमितता आरोप प्रमाणित नभएसम्मका लागि सोधपुछका लागि श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी खाँडमाथि आर्थिक अनियमितताको आरोप छ । खाँड आयोजना प्रमुख हुँदा सहायक रथी श्रेष्ठ डिजाइन प्रमुख थिए । सोही कारण उनीमाथि सोधपुछ गर्नुपर्ने भएकाले केही समयका लागि सहायक रथी श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको प्रवक्ता पाण्डेले बताए ।

फास्ट ट्र्याक आयोजनामा आर्थिक अनियमितता गरेको आरोप लागेका खाँडमाथि नेपाली सेनाले अनुसन्धान गरिरहेको छ । श्रेष्ठलाई आयोजना प्रमुखबाट हटाएपछि सो जिम्मेवारी महासेनानी विकास पोखरेललाई दिइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : २५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास