सहायक रथी श्रेष्ठलाई फास्ट ट्र्याक प्रमुखको जिम्मेवारीबाट हटाइयो « Khabarhub

सहायक रथी श्रेष्ठलाई फास्ट ट्र्याक प्रमुखको जिम्मेवारीबाट हटाइयो


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सहायक रथी शरदलाल श्रेष्ठलाई काठमाडौं–निजगढ फास्ट ट्र्याक आयोजना प्रमुखको जिम्मेबारीबाट हटाइएको छ ।

तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँडमाथि लागेको आर्थिक अनियमितता प्रकरणमा सोधपुछका लागि भन्दै सहायक रथी श्रेष्ठलाई आयोजना प्रमुखको जिम्मेवारीबाट हटाइएको नेपाली सेनाले जनाएको हो ।

फास्ट ट्र्याकको आर्थिक अनियमितता आरोप प्रमाणित नभएसम्मका लागि सोधपुछका लागि श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी खाँडमाथि आर्थिक अनियमितताको आरोप छ । खाँड आयोजना प्रमुख हुँदा सहायक रथी श्रेष्ठ डिजाइन प्रमुख थिए । सोही कारण उनीमाथि सोधपुछ गर्नुपर्ने भएकाले केही समयका लागि सहायक रथी श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको प्रवक्ता पाण्डेले बताए ।

फास्ट ट्र्याक आयोजनामा आर्थिक अनियमितता गरेको आरोप लागेका खाँडमाथि नेपाली सेनाले अनुसन्धान गरिरहेको छ । श्रेष्ठलाई आयोजना प्रमुखबाट हटाएपछि सो जिम्मेवारी महासेनानी विकास पोखरेललाई दिइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : २५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको