मुलुकको विकासका लागि तीनवटै सरकार प्रतिवद्ध- मुख्यमन्त्री पोखरेल « Khabarhub

मुलुकको विकासका लागि तीनवटै सरकार प्रतिवद्ध- मुख्यमन्त्री पोखरेल


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मुलुकमा विकासले गति लिएको बताएका छन् ।

दाङको घोराहीमा दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ का लागि उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै उनले जिल्लामा तीनवटै सरकारले विकास निर्माणको गतिलाई अघि बढाएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ५ इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले जिल्लामा पछिल्लो समय दर्जनौँ पुल निर्माण पूरा भएका र सडक कालोपत्र गर्ने कार्यले तीव्रता लिएको बताए ।

स्व उत्तरकुमार वलीको सपना पूरा गर्न उनकी धर्मपत्नी विमलाकुमारी खत्री वलीलाई उमेदवार बनाइएको उनले बताए । सभामा उम्मेदवार विमलाले पार्टीले गरेको विश्वास र दिएको जिम्मेवारीलाई श्रीमान्को सपना पूरा गर्ने अवसरका रुपमा लिएको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : ३५ बजे

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको