व्यवसायी रुप ज्योति ठगी आरोपमा पक्राउ | Khabarhub Khabarhub

व्यवसायी रुप ज्योति ठगी आरोपमा पक्राउ


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- व्यवसायी रुप ज्योति पक्राउ परेका छन् । पूर्व अर्थसहायक मन्त्रीसमेत रहेका ज्योति ठगी आरोपमा बिहीबार साँझ पक्राउ परेका हुन् ।

उनलाई महानगरी प्रहरी परिसरको टोलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। देश बाहिर रहेका उनी बिहीबार नेपाल फर्कने सूचना पाएको प्रहरी विमानस्थन नै पुगेको थियो ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपको मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिरमा अनुमति दिएको थियो। त्यसविरुद्ध उनले मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए।

त्यसको २ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो। सर्वोच्चको फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको थियो।

यससँगै रूप ज्योतिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनू भन्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर भएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : ३८ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको