साग पुरुष फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै « Khabarhub

साग पुरुष फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।

खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ। दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । आजकै खेलको नतिजाका आधारमा फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ। नेपालले बराबरी पनि फाइनल पुग्नेछ । बंगलादेशले भने फाइनल पुग्न खेल जित्नैपर्ने छ।

यसअघि शनिबार भएको खेलमा श्रीलंकालाई पराजित गरी भुटान फाइनल पुगिसकेको छ। भुटानको ४ खेलबाट ९ अंक छ ।

नेपालको ३ खेलबाट ७ अंक छ । समान खेल खेलेको बंगलादेशको भने ४ अंक छ। आजको खेलमा बंगलादेश विजयी भएमा उसको नेपालसँग समान अंक हुनेछ र हेड टु हेडका आधारमा बंगलादेश फाइनल पुग्नेछ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ९ : ४५ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव