मेसीको कीर्तिमानी ह्याट्रिक, रोनाल्डोको रेकर्ड तोडे « Khabarhub

मेसीको कीर्तिमानी ह्याट्रिक, रोनाल्डोको रेकर्ड तोडे


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी — लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतले बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा रियल मार्लोकालाई ५–२ ले हरायो र उपाधि होडमा कायम रह्यो ।

गत हप्ता मात्र कीर्तिमान छैटौं बेलन डे अर जितेका अर्जेन्टिनी खेलाडीको यो ३५ औं तीन गोलको उपलब्धि हो र यसक्रममा उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ३४ औं ला लिगा ह्याट्रिकलाई उछिनेका छन् ।

खेलमा अग्रता बार्सिलोनाले सातौ मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट लिएको थियो ।

भर्खरै बालेन डी ओर जितेका मेस्सीले १७ औ मिनेटमा बार्साको अग्रता दोब्बर बनाए ।

मलोर्काका बुदिमिर ३५ औ मिनेटमा पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

तर मेस्सीले ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए । त्यसको दुई मिनेटपछि लुईस स्वारेजले बार्सिलोनाका लागि चौथो गोल गरे ।

बुदिमिरले ६४ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनसंगको अंक दुरी घटाउने प्रयास गरेका थिए । तर ८३ औ मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई शानदार जित दिलाए ।

बार्सिलोना १५ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

समान अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोनाले रियल मड्रिडलाई उछिनेको छ । मलोर्का १४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : २४ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा