अनमोलविना उपासनालाई बाँच्न गाह्रो « Khabarhub

अनमोलविना उपासनालाई बाँच्न गाह्रो


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला हलमा रिलिज भइरहेको फिल्म ‘क्याप्टेन’ को गीत युट्युबमा रिलिज गरिएको छ । ओयसआर डिजिटलको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘सक्दिन बाँच्न’ गीतमा सुमन केसी र दीपा लामाको स्वर सुन्न सकिन्छ भने दिग्गज धौरालीका शब्द छन् । यस्तै गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ ।

भिडियोमा अनमोल केसी र उपासना सिंह ठकुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने नवराज उप्रेतीले क्यामेरामा कैद गरेका हुन् ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । स्पोर्टस् जानरामा बनेको यो फिल्ममा प्रियंका एमभी, सरोज खनाल, प्रशान्त ताम्राकार, सुनील थापा लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

फिल्म गत फागुन १७ गतेबाट प्रदर्शनमा आएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : १० बजे

साँझमा यस्तो देखियो कांग्रेस विशेष महाधिवेशन स्थल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनमा कांग्रेस

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक