अपहरणमा परेकी भनिएकी सांसद स्थानीय प्रशासनको सम्पर्कमा « Khabarhub

अपहरणमा परेकी भनिएकी सांसद स्थानीय प्रशासनको सम्पर्कमा


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको बुँगल नगरपालिकाबाट अपहरणमा परेकी भनिएकी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश देवकी मल्ल स्थानीय प्रशासनको सम्पर्कमा आएकी छन् ।

बुंगल नगरपालिकाको विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी थिइन् ।

बझाङ प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मल्ललाई नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका स्थानीयको भनाइ थियो ।

यद्यपि, सम्पर्कविहीन भएको भनिएको करिब ३ घन्टापछि मल्ल आफूहरुको सम्पर्कमा आएको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले खबरहबलाई जानकारी दिए ।

‘माननीय ज्यू सम्पर्कविहीन भएको भन्ने सूचना आएपछि हामीले उहाँसँग सम्पर्क गर्न खोजेका थियौं,’ प्रमुख जिल्ला अधिकारी सुनारले खबरहबसँग भने, ‘अहिले उहाँ हाम्रो सम्पर्कमा आउनु भएको छ । उहाँसँग मेरो टेलिफोनमा कुराकानी भएको छ ।’

प्रजिस सुनारले सांसद मल्ल जिल्ला सदरमुकाम चैनपुर पुग्न लागेको पनि जानकारी दिए ।

खबरहबको सम्पर्कमा आएका केही स्थानीयले भने मल्लको अपहरण भएको बताएका थिए । मुखमा पट्टी बाँधेर आएका केही व्यक्तिले सांसद मल्ललाई नियन्त्रणमा लगेर गएका एक स्थानीयले खबरहबलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ५ : २५ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम