ट्रक दुर्घटनामा २५ जनाको मृत्यु « Khabarhub

ट्रक दुर्घटनामा २५ जनाको मृत्यु


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको- मेक्सिकोमा ट्रक दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । दक्षिणी मेक्सिकोको चिपास राज्यमा नम्बरप्लेट नभएको मालवाहक ट्रक दुर्घटनामा परेको हो ।

मालवाहक ट्रकमा मानिसहरुलाई लादेर लैजाँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनाग्रस्त ट्रकभित्र रहेका मानिसहरु ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् ।

दुर्घटनामा अरु ३० जनाभन्दा धेरै घाइते भएका छन् । अधिकारीले दुर्घटनामा मारिने वा घाइते हुनेको राष्ट्रियता सार्वजनिक नगरेपनि उनीहरु सबै मध्य अमेरिकी मुलुकका आप्रवासी नागरिक रहेको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ९ : १२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको