ललिता निवास जग्गा हिनामिना : कहाँ छ मिसिल नम्बर १०२४ र १०२५ ? « Khabarhub

ललिता निवास जग्गा हिनामिना : कहाँ छ मिसिल नम्बर १०२४ र १०२५ ?


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललिता निवास क्याम्पअन्तर्गतको सरकारी जग्गा व्यक्तिको नाममा गराउँदा सरकारी अधिकारीहरुको मिलिमतोमा भूमाफियाले ११३ रोपनी जग्गा फिर्ता गर्ने क्रममा सो सम्बन्धी सम्पूर्ण मिसिल नै गायब पारेको पाइएको आजको राजधानी दैनिकमा समाचार छ ।

अवैध किसिमले जग्गा फिर्ता गर्ने गरी गरिएका निर्णय मिसिल नं. १०२४ र १०२५ मा समेटिएका थिए तर ती दुवै मिसिल सरकारी अधिकारीहरुको सहयोगमा भूमाफियाले कब्जामा लिएर गायब पारेको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले ढिलो फैसला लेखनले न्याय पाउन ढिलाई शीर्षकमा अर्को समाचार छापेको छ । ८ हजार मुद्दाको फैसला भयो तर जनताले अनुभूत गर्न नपाएको समाचारमा उल्लेख छ ।

सर्वोच्चसहित देशभरकार अदालतमा ८ हजार मुद्दाको फैसला लेख्न बाँकी रहेको देखिएको छ । जिल्ला, उच्च र सर्वोच्च अदालतमा पुगी टुंगिएका मुद्दा लेखन अझै टुंगोमा पुग्न सकेको छैन ।

फास्ट ट्र्याकबाट न्याय निदुपर्ने माग उठिरहेको अवस्थामा गरिएको फैसला लेख्नै ढिलाई हुँदा न्यायको आशामा बसेका पीडितहरुले न्याय पाएको अनुभूति गर्न नसकेको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले आगामी बजेट १५ अर्बको ल्याउने तयारी भएको उल्लेख गरेको छ । अर्थ मन्त्रालयले आव २०७६/०७७ को बजेट तयारीको काम तीव्र रुपमा अगाडि बढाएको छ । संवैधिानिक व्यवस्थाअनुसार सरकारले आगामी १५ जेठमा बजेट सार्वजनिक गरिसक्नुपर्ने हुन्छ ।

त्यस्तै पत्रिकाले कांग्रेसभित्रको किचलोलाई पनि पहिलो पृष्ठमा ‘पौडेल–सिटौला’ दूरी बढ्दै शीर्षकमा समाचार छापेको छ । पछिल्लो समय नेपाली कांग्रेसको कार्यसम्पादन समिति गठनमा देखिएको विादसँगै पार्टीभित्रै प्रतिपक्षका रुपमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको दूरी एकाएक बढेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : २२ बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ