प्रदेश २ मा एसइई– भाइको नाममा परीक्षा दिने दाइ पक्राउ | Khabarhub Khabarhub

प्रदेश २ मा एसइई– भाइको नाममा परीक्षा दिने दाइ पक्राउ


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लहान– माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ ।

मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो ।

गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएकोे छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १० : ४५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार