सरकारले उद्योगमैत्री वातावरण बनाउन सकेन– उपराष्ट्रपति पुन « Khabarhub

सरकारले उद्योगमैत्री वातावरण बनाउन सकेन– उपराष्ट्रपति पुन


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो नदिएको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै पुनले व्यवसायीहरुको माग अनुसार उद्योग तथा लगानी मैत्री वातावरण नसकिएका कारण मुलुक पछि परेको पनि बताए ।

उचित नीतिको अभावमा नेपालको उद्योग व्यवसाय धरासायी भएको पुनको भनाइ थियो । मुलुकलाई समृद्ध बनाउन उद्योगको विकास र त्यसमा आवश्यक लगानीको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने पुनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल चम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्योगमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरे । दोहोरो कर लिनेलगायतका व्यवस्थाका कारण अझै पनि मुलुकमा उद्योगमैत्री वातावरण बन्न नसकेको श्रेष्ठको भनाइ थियो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायको उत्थानका लागि सरकारले स्पष्ट नीति समेत तय गर्न नसकेको गुनासो गरे ।

उनले ग्रील व्यवसायबाट मुलुकको समृद्धिमा योगदान पु¥याउन पनि सरकारले अनुकूल वातावरण बनाउन ढिलाई गर्न नहुने बताए ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेललगायतलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  २ : ४५ बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।