सरकारले उद्योगमैत्री वातावरण बनाउन सकेन– उपराष्ट्रपति पुन | Khabarhub Khabarhub

सरकारले उद्योगमैत्री वातावरण बनाउन सकेन– उपराष्ट्रपति पुन


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो नदिएको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै पुनले व्यवसायीहरुको माग अनुसार उद्योग तथा लगानी मैत्री वातावरण नसकिएका कारण मुलुक पछि परेको पनि बताए ।

उचित नीतिको अभावमा नेपालको उद्योग व्यवसाय धरासायी भएको पुनको भनाइ थियो । मुलुकलाई समृद्ध बनाउन उद्योगको विकास र त्यसमा आवश्यक लगानीको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने पुनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल चम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्योगमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरे । दोहोरो कर लिनेलगायतका व्यवस्थाका कारण अझै पनि मुलुकमा उद्योगमैत्री वातावरण बन्न नसकेको श्रेष्ठको भनाइ थियो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायको उत्थानका लागि सरकारले स्पष्ट नीति समेत तय गर्न नसकेको गुनासो गरे ।

उनले ग्रील व्यवसायबाट मुलुकको समृद्धिमा योगदान पु¥याउन पनि सरकारले अनुकूल वातावरण बनाउन ढिलाई गर्न नहुने बताए ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेललगायतलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  २ : ४५ बजे

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

सर्वदलीय बैठक : चुनावमा भाग लिन दल तयार, शान्ति सुरक्षाकै चिन्ता

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू

भक्तपुरबाट जुवा खेलिरहेका २७ जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले ठूलो रकमसहितको २७ जना

एमालेले प्रधानमन्त्रीलाई सोध्यो-गौरीबहादुर कार्कीलाई हटाउने कि नहटाउने?

काठमाडौँ- नेकपा एमालेले भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछि