आन्दोलनमा उत्रिएका सरकारी डाक्टरलाई कारबाही हुने « Khabarhub

आन्दोलनमा उत्रिएका सरकारी डाक्टरलाई कारबाही हुने


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले खटाएको अस्पतालमा नजाने चिकित्सकलाई कारबाही गरिने बताएका छन् । मन्त्री यादवले अस्पताल बन्द गरेर बिरामीको उपचार नगर्नेहरु चिकित्सक नै नभएको बताए । स्वास्थ्य अनुसन्धान परिषद्को एक कार्यक्रममा संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले चिकित्सकको कर्तव्य बिरामीको उपचार गर्ने भएकाले उपचार नगर्ने डाक्टर डाक्टर नै नभएको बताए ।

‘डाक्टरको कामा बिरामीको उपचारका गर्नु हो । उपचार नगर्ने डाक्टर त डाक्टर नै हुँदैन,’ मन्त्री यादवले भने, ‘अस्पतालमा जान्न भन्ने पनि कहिँ डाक्टर हुन्छ ? गाउँमा जान्न सहरमा मात्र बस्छु भन्ने डाक्टर हुन्छ ?’

काठमाडौंमै बस्न चाहने चिकित्सकको प्रवृत्ति गलत भएको मन्त्री यादवको भनाइ छ । जनतालाई उपचारको आवश्यकता परेको ठाउँमा जानुपर्ने डाक्टरको कर्तव्य भएको भन्दै मन्त्री यादवले सरकारले खटाएको ठाउँमा नजाने चिकित्सकलाई कारबाही हुने बताए । चिकित्सकहरुको आन्दोलन संघीयता विरोधी षड्यन्त्र भएको भन्दै मन्त्री यादवले त्यो स्वीकार्य नहुने समेत बताए ।

उनले भने, ‘संघीयताको विरोधमा कुनै पनि खालका षड्यन्त्र स्वीकार हुँदैनन्, जनता त गाउँमा बस्छन्, गाउँमा अस्पताल छ, गाउँमा उपचार गर्न जानुपर्छ ।’

कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै सरकारी चिकित्सकहरुले आज (सोमबार) पनि देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प पारेका छन् ।

शुक्रबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुको आन्दोलनका कारण बिरामीले सास्ती खेपीरहेका छन् ।

चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले माग पूरा नभएसम्म अस्पताल बन्दको कार्यक्रमा जारी रहने जनाएका छन्।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  २ : ५३ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट