‘यात्रा’ को अफर – ट्रेलर हेरेर एक लाख जित्ने मौका « Khabarhub

‘यात्रा’ को अफर – ट्रेलर हेरेर एक लाख जित्ने मौका


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘यात्रा’ युनिटले चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

निर्माण टिमका अनुसार दर्शकले ट्रेलर हेरेर यात्रा फिल्मकी पात्र तपस्याले कसरी आँखा गुमाइन् भन्ने प्रश्नको उत्तर पठाएर कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

सहभागीले भाग लिनका मेरो मकै डट कम क्लिक गर्न सक्नेछन् ।

यो फिल्म आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । प्रतियोगितामा भाग लिन यस्तो पक्रिया अपनाउनुपर्ने आयोजकले जनाएको छ ।

चलचित्र ‘यात्रा’मा गायिका तपस्याले कसरी दृष्टि गुमाइन् ? कृपया तल दिइएका मध्ये एक उत्तर रोज्नुहोस्:

१. उनी दृष्टिविहीन छैनन् । उनले अभिनय मात्रै गरेकी हुन् ।

२. उनी दुर्घटनामा परिन् र टाउको ठोक्किँदा दृष्टि गुमाइन् ।

३. उनले प्रशस्तै टिभी हेरिन् र हरियो सागसब्जी खाइनन् ।

४. उनी जन्मजात दृष्टिविहिन हुन् ।

५. कसैले यस्तो बनाइदिए, किनकी तपस्याले उनीहरुको गैरकानुनी क्रियाकलाप (हत्याबाहेक) देखेकी थिइन् ।

६. कसैले यस्तो बनाइदिए किनकी तपस्याले उनीहरुले कसैलाई हत्या गरिरहेको देखेकी थिइन् ।

७. माथिका कुनै पनि होइनन् ।

प्रतियोगिताका नियमहरुः

१. ‘यात्रा’ चलचित्रका कुनै पनि टिम तथा प्राविधिक पक्षका व्यक्ति यसमा भाग लिन पाउने छैनन् ।

२. एकभन्दा बढी उत्तरहरु स्वीकार्य छन् तर सबैभन्दा अन्तिम जवाफले अघिल्ला जवाफहरुलाई विस्थापित गर्नेछन् । सबैभन्दा अन्तिम जवाफ मान्य हुनेछ ।

३. एकभन्दा बढी व्यक्तिहरुको सही उत्तर भएमा लक्की ड्रद्वारा भाग्यशाली विजेता घोषणा प्रदान गरिनेछ । लक्की ड्रलाई फेसबुकबाट लाइभ प्रसारण गरिनेछ ।

३. प्रतियोगताको समय नेपाली समयअनुसार १२ अप्रिल, शुक्रबार बिहान ८ बजे सकिनेछ र पुरस्कार घोषणा ३ मे २०१९, शुक्रबारको दिन हुनेछ, जसलाई फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

४. प्रतियोगितामा संसारका जोकोहीले पनि भाग लिने सक्नेछ । यदि भाग्यशाली विजेता नेपालबाहिरको भएमा, विजेताले तोकेको व्यक्ति वा नेपालको कुनै गैरनाफामुलक संस्थालाई पुरस्कार प्रदान गरिनेछ ।

५. यो प्रतियोगिता रमाइलोको लागि गरिएको हो । त्यसैले कृपया तपाईंको साथी र परिवारसँग शेयर गर्नुहोस् र रमाइलो गर्नुहोस् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ५ : ३४ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको