यु-१६ क्रिकेट लिगको उपाधि प्रदेश ३ ले उचाल्यो « Khabarhub

यु-१६ क्रिकेट लिगको उपाधि प्रदेश ३ ले उचाल्यो


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश ३ ले यु—१६ क्रिकेट लिगको उपाधि उचालेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ च्याम्पियन बनेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश ३ का लागि अभिषेक उपाध्यायको अर्धशतकमा ३० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ६२ रन बनाएपछि प्रदेश ५ ले १६३ रनको लक्ष्य पाएको थियो ।

प्रदेश ३ ले दिएको लक्ष्य पछ्याएको प्रदेश ५ ले ३० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।  उपाधि उचालेको प्रदेश ३ का खेलाडीहरुले १ लाख ५० हजार बराबरको क्रिकेट किट हात पारेका छन् भने उपबिजेता प्रदेश ५ ले ७५ हजार बराबरको क्रिकेट किट हात पारेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का बिशाल बिक्रम के.सी भए भने उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइस भट्टराई र उत्कृष्ट बलर प्रदेश ५ का रमेश कुर्मी घोषित भए । प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ्ग प्लेयरको उपाधि हात पारे ।

प्रदेश ५ का लागि विशालले ४६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए भने अमरले २९ रन बनाउँदै दुई चौका र एक छक्का प्रहार गरे ।
प्रदेश ३ का लागि विबेक दराई र दीपक बोहोराले दुई–दुई विकेट लिए । यस्तै सकृय कार्की र तिलक भण्डारीले पनि एक–एक विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश ३ ले पहिलो तीन विकेट ३७ रनमै गुमाएको थियो । प्रदेश ३ का लागि अभिषेकले ७१ बलमा ५६ रन बनाए ।

प्रशान्तले ३२ बलमा एक चौका र एक छक्का प्रहार गर्दै नटआउट ३४ रन बनाए । दीपकले ३९ बलमा चार चौका प्रहार गर्दै ३० रन बनाए । रमेश र सुरज खड्काले प्रदेश ५ का लागि दुई–दुई विकेट लिएका थिए ।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रतियोगितालाई आगामी अप्रिल १८ देखि २९ सम्म थाइल्याण्डको चियाङ्ग माइमा हुन गइरहेको एसीसी अण्डर १६ इस्टर्न रिजन टुर्नामेन्टको छनोटको रुपमा सञ्चालन गरिएको हो । नेपाली टोलीको प्रशिक्षकको रुपमा बसन्त शाही ठकुरी र मन्जुर आलम खान छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : ३३ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको