यु-१६ क्रिकेट लिगको उपाधि प्रदेश ३ ले उचाल्यो | Khabarhub Khabarhub

यु-१६ क्रिकेट लिगको उपाधि प्रदेश ३ ले उचाल्यो


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश ३ ले यु—१६ क्रिकेट लिगको उपाधि उचालेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ च्याम्पियन बनेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश ३ का लागि अभिषेक उपाध्यायको अर्धशतकमा ३० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ६२ रन बनाएपछि प्रदेश ५ ले १६३ रनको लक्ष्य पाएको थियो ।

प्रदेश ३ ले दिएको लक्ष्य पछ्याएको प्रदेश ५ ले ३० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।  उपाधि उचालेको प्रदेश ३ का खेलाडीहरुले १ लाख ५० हजार बराबरको क्रिकेट किट हात पारेका छन् भने उपबिजेता प्रदेश ५ ले ७५ हजार बराबरको क्रिकेट किट हात पारेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का बिशाल बिक्रम के.सी भए भने उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइस भट्टराई र उत्कृष्ट बलर प्रदेश ५ का रमेश कुर्मी घोषित भए । प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ्ग प्लेयरको उपाधि हात पारे ।

प्रदेश ५ का लागि विशालले ४६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए भने अमरले २९ रन बनाउँदै दुई चौका र एक छक्का प्रहार गरे ।
प्रदेश ३ का लागि विबेक दराई र दीपक बोहोराले दुई–दुई विकेट लिए । यस्तै सकृय कार्की र तिलक भण्डारीले पनि एक–एक विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश ३ ले पहिलो तीन विकेट ३७ रनमै गुमाएको थियो । प्रदेश ३ का लागि अभिषेकले ७१ बलमा ५६ रन बनाए ।

प्रशान्तले ३२ बलमा एक चौका र एक छक्का प्रहार गर्दै नटआउट ३४ रन बनाए । दीपकले ३९ बलमा चार चौका प्रहार गर्दै ३० रन बनाए । रमेश र सुरज खड्काले प्रदेश ५ का लागि दुई–दुई विकेट लिएका थिए ।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रतियोगितालाई आगामी अप्रिल १८ देखि २९ सम्म थाइल्याण्डको चियाङ्ग माइमा हुन गइरहेको एसीसी अण्डर १६ इस्टर्न रिजन टुर्नामेन्टको छनोटको रुपमा सञ्चालन गरिएको हो । नेपाली टोलीको प्रशिक्षकको रुपमा बसन्त शाही ठकुरी र मन्जुर आलम खान छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : ३३ बजे

सरकारले निजी क्षेत्र लक्षित इन्टिग्रेटेड बिजनेस रिकभरी योजना ल्याउने

काठमाडौं– सरकारले निजी क्षेत्र लक्षित गरेर इन्टिग्रेटेड बिजनेस रिकभरी प्लान

दशैँ : कति बजे छ टीकाको साइत ?

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)

काठमाडौं– भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको