सेनाले प्रहरीमाथि हवाई फायर गरेपछि... | Khabarhub Khabarhub

सेनाले प्रहरीमाथि हवाई फायर गरेपछि…


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुडान– सरकारविरुद्ध प्रदर्शन गरेका प्रदर्शनकारीलाई प्रहरी र सुरक्षाकर्मीले तितरबितर पार्ने क्रममा सेनाले हस्तक्षेप गरी प्रदर्शनकारीलाई जोगाएको छ ।

राजधानीमा रहेको रक्षामन्त्रलय अगाडि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीविरुद्ध प्रहरी र गुप्तचर प्रहरीले अश्रुग्यास प्रहार गरेको थिया ।

घटना अफ्रिकी मुलुक सुडानको हो, जहाँ राजधानी खार्तुममा रहेको रक्षा मन्त्रालय अगाडि प्रदर्शनकारी सरकारको विरोधमा प्रदर्शन गरिरहेका थिए ।

तर, रक्षा मन्त्रालयमा पहरा दिइरहेका सेनाले प्रदर्शनकारीलाई जोगाउन प्रहरीतर्फ लक्षित गर्दै चेतावनीस्वरुप हवाई फायर गरेका थिए ।

सेनाले हवाई फायर गरेपछि प्रहरी फर्केर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनमा ३ हजारभन्दा धेरै प्रदर्शनकारी सहभागी रहेको बताइएको छ । प्रदर्शनमा भएको मानवीय क्षतिबारे भने केही खुलाइएको छैन ।

तर, सरकारले भने समाचारको खण्डन गर्दै रक्षामन्त्रालयल अगाडि प्रदर्शन गर्ने प्रदर्शनकारीलाई लखेट्न सेनाले समेत साथ दिएको जनाएको छ ।

सुडान सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री हसन इस्माइलले प्रदर्शनकारीलाई रक्षामन्त्रालयबाट हटाउन सेनाले समेत साथ दिएको जनाएका छन् । सन् १९८९ मा सैन्य कुमार्फत् सत्तामा आएका सुडानका राष्ट्रपति ओमर अल बसिरको सत्ताविरुद्ध पछिल्ला केही महिनायता प्रदर्शन जारी छ ।

अर्को अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले तीब्र प्रदर्शनपछि राजीनामा दिन बाध्य भएकाले सुडानका प्रदर्शनकारी पनि उत्साहित भएर प्रदर्शन गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : ५६ बजे

जै घाँस लगाउने किसानलाई पोखरा महानगरको प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग

शिक्षक आन्दोलनले सडक अस्तव्यस्त

काठमाडौं– विभिन्न माग राख्दै नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनका

रविको बन्दीप्रत्यक्षीकरण रिटको छिनोफानो संयुक्त इजलासले गर्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा

बेलौरीमा जलेको अवस्थामा एक जनाको शव भेटियो

कञ्चनपुर– बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज

नारायणकाजीको प्रस्ताव- प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गरौँ

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल