प्रो कबड्डी : ‘बैंगलुरु बुल्स’ले किन्यो २ नेपाली खेलाडी | Khabarhub Khabarhub

प्रो कबड्डी : ‘बैंगलुरु बुल्स’ले किन्यो २ नेपाली खेलाडी



काठमाडौं– भारतको चर्चित कबड्डी फ्रेन्चाइज लिग प्रो कबड्डीको अक्सनमा दुई नेपाली खेलाडीमाथि बोली लागेको छ । नेपाली राष्ट्रिय कबड्डी टोलीका खेलाडी सञ्जय श्रेष्ठ र विभागीय टोली  त्रिभुवन आर्मीका लालमोहर यादवलाई ‘बैंगलुरु बुल्स’ले आफ्नो टिममा लिएको हो ।

सोमबार भएको अक्सनबाट उनीहरु दुवै जनाका लागि बैंगलुरुले जनही १० लाख भारतीय रुपौया (१६ लाख नेपाली रुपैयाँ) खर्च गरेको छ ।

प्रो कबड्डीको पहिलो संस्करणदेखि नै खेल्दै आएका सञ्जयले यसअघि पनि बैंगलुरुबाट खेलिसकेका छन् । उनले कबड्डीको चौथो र पाँचौं संस्करण बैंगलुरुबाट खेलिसकेका थिए भने उनलाई बैंगलुरुले सातौं संस्करणमा पुनः टिममा लिएको हो ।

सञ्जयले प्रो कबड्डीको पहिलो, दोस्रो र तेस्रो संस्करण ‘जयपुर पिङ्क प्यान्थर्स’बाट खेलेको बताएका छन् ।

“यसअघिका पहिलो, दोस्रो र तेस्रो संस्करण जयपुरबाट खेलेको थिएँ । चौथो र पाँचौ खेल बैंगलुरु र छैठौं संस्करणमा पुनेरी पल्टनबाट खेलेको  हुँ । अहिले फेरि बैंगलुरुले यो सिजनका लागि निरन्तरता दिएको छ,”  सञ्जयले खबरहबसँग भने ।

प्रो कबड्डीमा ए, बी, सी र डी क्याटागोरीमा खेलाडीलाई विभाजन गरिएको छ भने नेपाली खेलाडी सी क्याटागोरीको अक्सनमा रहेका थिए । सी क्याटागोरीका खेलाडीको आधार मूल्य १० लाख भारु तोकिएको छ।

यो संस्करणका लागि सोमबार मुम्बईमा अक्सन भएको हो । सञ्जयले १२ औं साफ च्याम्पियनसिपमा कबड्डी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ९ : ०१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले