प्रो कबड्डी : ‘बैंगलुरु बुल्स’ले किन्यो २ नेपाली खेलाडी « Khabarhub

प्रो कबड्डी : ‘बैंगलुरु बुल्स’ले किन्यो २ नेपाली खेलाडी



काठमाडौं– भारतको चर्चित कबड्डी फ्रेन्चाइज लिग प्रो कबड्डीको अक्सनमा दुई नेपाली खेलाडीमाथि बोली लागेको छ । नेपाली राष्ट्रिय कबड्डी टोलीका खेलाडी सञ्जय श्रेष्ठ र विभागीय टोली  त्रिभुवन आर्मीका लालमोहर यादवलाई ‘बैंगलुरु बुल्स’ले आफ्नो टिममा लिएको हो ।

सोमबार भएको अक्सनबाट उनीहरु दुवै जनाका लागि बैंगलुरुले जनही १० लाख भारतीय रुपौया (१६ लाख नेपाली रुपैयाँ) खर्च गरेको छ ।

प्रो कबड्डीको पहिलो संस्करणदेखि नै खेल्दै आएका सञ्जयले यसअघि पनि बैंगलुरुबाट खेलिसकेका छन् । उनले कबड्डीको चौथो र पाँचौं संस्करण बैंगलुरुबाट खेलिसकेका थिए भने उनलाई बैंगलुरुले सातौं संस्करणमा पुनः टिममा लिएको हो ।

सञ्जयले प्रो कबड्डीको पहिलो, दोस्रो र तेस्रो संस्करण ‘जयपुर पिङ्क प्यान्थर्स’बाट खेलेको बताएका छन् ।

“यसअघिका पहिलो, दोस्रो र तेस्रो संस्करण जयपुरबाट खेलेको थिएँ । चौथो र पाँचौ खेल बैंगलुरु र छैठौं संस्करणमा पुनेरी पल्टनबाट खेलेको  हुँ । अहिले फेरि बैंगलुरुले यो सिजनका लागि निरन्तरता दिएको छ,”  सञ्जयले खबरहबसँग भने ।

प्रो कबड्डीमा ए, बी, सी र डी क्याटागोरीमा खेलाडीलाई विभाजन गरिएको छ भने नेपाली खेलाडी सी क्याटागोरीको अक्सनमा रहेका थिए । सी क्याटागोरीका खेलाडीको आधार मूल्य १० लाख भारु तोकिएको छ।

यो संस्करणका लागि सोमबार मुम्बईमा अक्सन भएको हो । सञ्जयले १२ औं साफ च्याम्पियनसिपमा कबड्डी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ९ : ०१ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ