प्रो कबड्डी : ‘बैंगलुरु बुल्स’ले किन्यो २ नेपाली खेलाडी « Khabarhub

प्रो कबड्डी : ‘बैंगलुरु बुल्स’ले किन्यो २ नेपाली खेलाडी



काठमाडौं– भारतको चर्चित कबड्डी फ्रेन्चाइज लिग प्रो कबड्डीको अक्सनमा दुई नेपाली खेलाडीमाथि बोली लागेको छ । नेपाली राष्ट्रिय कबड्डी टोलीका खेलाडी सञ्जय श्रेष्ठ र विभागीय टोली  त्रिभुवन आर्मीका लालमोहर यादवलाई ‘बैंगलुरु बुल्स’ले आफ्नो टिममा लिएको हो ।

सोमबार भएको अक्सनबाट उनीहरु दुवै जनाका लागि बैंगलुरुले जनही १० लाख भारतीय रुपौया (१६ लाख नेपाली रुपैयाँ) खर्च गरेको छ ।

प्रो कबड्डीको पहिलो संस्करणदेखि नै खेल्दै आएका सञ्जयले यसअघि पनि बैंगलुरुबाट खेलिसकेका छन् । उनले कबड्डीको चौथो र पाँचौं संस्करण बैंगलुरुबाट खेलिसकेका थिए भने उनलाई बैंगलुरुले सातौं संस्करणमा पुनः टिममा लिएको हो ।

सञ्जयले प्रो कबड्डीको पहिलो, दोस्रो र तेस्रो संस्करण ‘जयपुर पिङ्क प्यान्थर्स’बाट खेलेको बताएका छन् ।

“यसअघिका पहिलो, दोस्रो र तेस्रो संस्करण जयपुरबाट खेलेको थिएँ । चौथो र पाँचौ खेल बैंगलुरु र छैठौं संस्करणमा पुनेरी पल्टनबाट खेलेको  हुँ । अहिले फेरि बैंगलुरुले यो सिजनका लागि निरन्तरता दिएको छ,”  सञ्जयले खबरहबसँग भने ।

प्रो कबड्डीमा ए, बी, सी र डी क्याटागोरीमा खेलाडीलाई विभाजन गरिएको छ भने नेपाली खेलाडी सी क्याटागोरीको अक्सनमा रहेका थिए । सी क्याटागोरीका खेलाडीको आधार मूल्य १० लाख भारु तोकिएको छ।

यो संस्करणका लागि सोमबार मुम्बईमा अक्सन भएको हो । सञ्जयले १२ औं साफ च्याम्पियनसिपमा कबड्डी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ९ : ०१ बजे

गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

चितवन– आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ

रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई जिम्मेवारीबाट

एलजी नेपालको नयाँ एलजी एआई टीभी शृङ्खला सार्वजनिक

काठमाडौँ– एलजी नेपालले नेपालमा नयाँ पुस्ताको एलजी एआई टीभी शृङ्खला सार्वजनिक गरेको छ। 

पृथ्वी सुब्बासहित महेश बस्नेत धनगढीतिर, विरोधमा युवाको प्रदर्शन

काठमाडौं- नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलालीको धनगढीतिर लागेका

लिभर ट्रान्सप्लान्टेसन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सम्पन्न

काठमाडौं– लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सम्पन्न भएको