दिल्ली र हैदरावाद भिड्दै, सन्दीपको चर्चा सामाजिक सञ्जालमा « Khabarhub

दिल्ली र हैदरावाद भिड्दै, सन्दीपको चर्चा सामाजिक सञ्जालमा


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादविरुद्धको खेल आज (बुधबार) हुँदैछ । आन्द्रा प्रदेशस्थित विसाखापटनम रंगशालामा हुने खेलमा पराजित टोली आईपीएलको १२ औं संस्करणबाट बाहिरिने छ । यस्तै, विजयी टोलीले मे १० मा दोस्रो क्वालिफायर प्रवेश गरेको चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणमा एक खेल दिल्ली र एक खेल हैदरावादले जीतेका छन् । तर, ७ वर्षपछि पहिलो पटक इलिमिनेटरमा स्थान बनाएको दिल्ली हैदरावादको आईपीएल यात्रामा बिराम लगाउने लक्ष्यसहित मैदान उत्रिर्दै छ भने हैदरावाद पाहुना टोली दिल्लीलाई रोक्ने लक्ष्यमा छ ।

समान अंकसहित समूह चरणमा नेट रन रेटका आधारमा तेस्रो र चौथो स्थानमा रहेको दुवैै टोली जीत निकाल्दै दोस्रो क्वालिफायरमा चेन्नईविरुद्ध खेल्ने योजनामा छन् ।

यस्तै, नेपाली क्रिकेट प्रसंशकका लागि यो खेल पनि महत्वपूर्ण छ । नेपाली स्टार खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्ली धेरै समयपछि प्लेअफमा पुग्दा त्यसको साँची बनेका सन्दीपले इलिमिनेटरमा स्थान पाउने सम्भावना कम छ । तर, पनि मंगलबार दिल्लीले सामाजिक सञ्जालमा उनको तस्विर राख्दै उनको प्रसंशा गरेपछि केही हदसम्म उनका प्रसंशकहरुमा खुसी देखिएको छ ।

यसअघि पनि दिल्लीले आफ्नो टिममा पर्ने खेलाडीहरुको प्राय सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गर्दै प्रसंशकलाई उनीहरुको मूल्याङ्कन गराउँदै आएको छ । सन्दीपले अहिलेसम्म यो सिजनमा ६ खेल खेल्दै ८ विकेट लिएका छन् । जसमा उनले २३ ओभर बलिङ गर्दै २सय१० रन खर्चिएका छन् ।

यद्यपी दिल्लीले हैदरावादविरुद्ध अनुभवी खेलाडी अमित मिश्रलाई विश्राम दिएर अथवा अक्जर पटेललाई आराम दिएर उनलाई मैदान उतार्न पनि सक्छ । १२ खेल खेलेका पटेलले ९ विकेट लिएका छन् भने मिश्राले ९ खेलमा समान ९ विकेट नै लिएका छन् । खेलमा तर, पछिल्ला केही दिनको अभ्यास खेलमा राम्रो सुधार भएको अवस्थामा पनि दिल्लीले प्लेइङ–११ मा स्थान दिन सक्छ ।

दिल्लीको सम्भावित टोली

पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), रिसभ पन्त, इशान्त शर्मा, कोलिन इन्ग्राम, सेरफान रुर्थफोड, अजर पटेल, किम पाउल–क्रिस मोरिस, सन्दीप लामिछाने–अमित मिश्रा, ट्रेन्ट बोल्ट

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : ४३ बजे

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

काठमाडौं– सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा

एक करोडमा अतिथि गृह निर्माण

पर्वत– समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र इएमआई सुविधा

काठमाडौं– सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको

‘लालीबजार’का केही संवाद हटाउन आदेश

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत