पाल्पामा पानीका लागी ट्युबवेल गाड्दा निस्कियो ग्यास, हेर्नेको भीड « Khabarhub

पाल्पामा पानीका लागी ट्युबवेल गाड्दा निस्कियो ग्यास, हेर्नेको भीड


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पामा सिँचाइका लागि पाइप गाड्न खनिएको स्थानमा ग्यास निस्किएको छ । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको हो ।

सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ ।

स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले बताए ।

जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको छ । पाल्पामा पहिलोपटक जमीनमुनिबाट ग्यास निस्किेको हो । जमीनमुनिबाट निस्केको ग्यासमा आगो बलेपछि त्यस क्षेत्रमा अहिले भीड लागेको छ ।

स्थानीय बासिन्दाले जमीनमुनि गाडेको पाइप ढाकेर राखेका छन् । ढाकेको वस्तु हटाएपछि पाइपबाट आगो निस्केको देखिएको छ । आगो बोलेको हेर्नका लागि आसपासका क्षेत्रबाट सोलेमा पुगेको स्थानीय बासिन्दा रेखीराम रानाले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ११ : ११ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको