माइक्रो बसको ठक्करबाट पैदल यात्रुको मृत्यु « Khabarhub

माइक्रो बसको ठक्करबाट पैदल यात्रुको मृत्यु


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रो बसको ठक्करबाट १ जना पैदल यात्रुको मृत्यु भएको छ । काठमाडाैंबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नम्बरको माइक्रो बसको ठक्करबाट बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको मृत्यु भएको हो ।

माइक्रो बसको ठक्करबाट घाइते भएका मगरको  उपचारको क्रममा मंगलबार राति काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर घाइते भएका थिए । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका मगरलाई स्थानीय मेडिकलमा उपचारपश्चात् थप उपचारको लागि काठमाडाैं पठाइएको थियो ।

ठक्कर दिने माइक्रोबसका चालक र माइक्रोबस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ११ : ५० बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते