माइक्रो बसको ठक्करबाट पैदल यात्रुको मृत्यु « Khabarhub

माइक्रो बसको ठक्करबाट पैदल यात्रुको मृत्यु


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रो बसको ठक्करबाट १ जना पैदल यात्रुको मृत्यु भएको छ । काठमाडाैंबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नम्बरको माइक्रो बसको ठक्करबाट बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको मृत्यु भएको हो ।

माइक्रो बसको ठक्करबाट घाइते भएका मगरको  उपचारको क्रममा मंगलबार राति काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर घाइते भएका थिए । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका मगरलाई स्थानीय मेडिकलमा उपचारपश्चात् थप उपचारको लागि काठमाडाैं पठाइएको थियो ।

ठक्कर दिने माइक्रोबसका चालक र माइक्रोबस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ११ : ५० बजे

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै