पवन कल्याणले पाए ३० करोड एडभान्स, गर्न सक्छन् फिर्ता « Khabarhub

पवन कल्याणले पाए ३० करोड एडभान्स, गर्न सक्छन् फिर्ता


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म उद्योग हुँदै राजनीतिमा लागेका पवन कल्याण फेरि ठूलो पर्दामा आउन सक्ने देखिएको छ । जन सेना चीफसमेत रहेका पवन कल्याणले यसकारण फिल्म क्षेत्रलाई बाइबाइ गरे, ताकि उनी राजनीतिमा फोकस गर्न सकून् । हालै एक खबर आएको छ, पवनलाई फेरि पर्दामा देख्न सकिनेछ ।

तमिल सिनेमा उद्योगको एक चर्चित प्रोडक्सन हाउस मैत्री मुभी मेकर्स ले चलचित्र बनाउन लागेको हो । खबरका अनुसार फिल्मका लागि मोटो रकम पवन कल्याणलाई एडभान्स अफर गरिएको छ । उनलाई लामो समय पहिले अफर गरिएको थियो । तर पछि फिल्मको काम नै स–यो ।

पवन कल्याणलाई कहानी पनि सुनाइएको थियो । उनलाई स्किृप्ट पनि मन परेको बताइएको छ । उनलाई एडभान्समा ३० करोड भारु पनि दिने कुरा बाहिर आएको छ । यदि पवन कल्याणले फिल्ममा काम गर्न माने भने फिल्मको आधिकारिक घोषणासँगै छायांकन पनि थालिनेछ ।

योसँगै पवन कल्याण दक्षिण एसियामै सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बन्ने अनुमान गरिएको छ ।

निर्माण टिमले छायांकनका लागि पवन कल्याणसँग ४० दिनको समय मागेको छ । पवन कल्याणका फ्यानलाई पनि उनको फिल्मको प्रतीक्षा छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ०१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित