विकास निर्माणलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन संशोधन गर्ने तयारीमा सरकार | Khabarhub Khabarhub

विकास निर्माणलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन संशोधन गर्ने तयारीमा सरकार


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकास निर्माणको कामलाई तीव्रताका दिन भन्दै सरकारले ‘सार्वजनिक सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ऐन संशोधनको तयारी समेत भइसकेको बताए ।

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले चालू वर्षे अधिवेशन भित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक पारित हुने पनि विश्वास व्यक्त गरे ।

सरकारले सार्वजनिक खरिदका लागि आवश्यक नियमावली भने मन्त्रिपरिषदबाट पारित गरिसकेको छ । अर्थमन्त्री खतिवडाले सो नियमावलीमा आयोजना लिने, तर काम नगर्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्ने व्यवस्था समेटिएको जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एउटै आयोजना वर्षौंसम्म पूरा नहुने अवस्थाको अन्त्य गर्न पनि सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने बताए ।

समितिका अर्का सदस्य डा. बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएकोमा भट्टराईको असन्तुष्टि थियो ।

पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री समेत रहेका भट्टराईले दीगो विकास लक्ष्य हासिल हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरे ।

बैठकमा अर्थ समितिले विभिन्न उपसमिति बनाएर देशका मुख्यमुख्य सहरमा अन्तरक्रिया गरी तयार पारेको बजेटसम्बन्धि सुझाव पनि अर्थमन्त्री खतिवडालाई बुझाइएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  २ : ०० बजे

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध

हेलिकप्टरबाट काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु

खोटाङ– जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा

जंगल क्षेत्रले ओगट्यो कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक

काठमाडौंं– राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०-२०२२ राष्ट्रिय

काठमाडौँका विद्यालयमा सटर हटाउने अभियान : अधिकांश बन्द, केही स्टे अर्डरले रोकिए

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्यालय परिसरमा सञ्चालित अनधिकृत सटर हटाउने

आयोनले ल्यायो ‘द एक्स्ट्राअर्डिनरी अफर’, ८ लाख सम्मको छुट पाइने

काठमाडौं– आयोनले ‘द एक्स्ट्राअर्डिनरी अफर’ नामक प्रोमोशनल अफर सार्वजनिक गरेको