विकास निर्माणलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन संशोधन गर्ने तयारीमा सरकार « Khabarhub

विकास निर्माणलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन संशोधन गर्ने तयारीमा सरकार


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकास निर्माणको कामलाई तीव्रताका दिन भन्दै सरकारले ‘सार्वजनिक सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ऐन संशोधनको तयारी समेत भइसकेको बताए ।

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले चालू वर्षे अधिवेशन भित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक पारित हुने पनि विश्वास व्यक्त गरे ।

सरकारले सार्वजनिक खरिदका लागि आवश्यक नियमावली भने मन्त्रिपरिषदबाट पारित गरिसकेको छ । अर्थमन्त्री खतिवडाले सो नियमावलीमा आयोजना लिने, तर काम नगर्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्ने व्यवस्था समेटिएको जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एउटै आयोजना वर्षौंसम्म पूरा नहुने अवस्थाको अन्त्य गर्न पनि सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने बताए ।

समितिका अर्का सदस्य डा. बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएकोमा भट्टराईको असन्तुष्टि थियो ।

पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री समेत रहेका भट्टराईले दीगो विकास लक्ष्य हासिल हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरे ।

बैठकमा अर्थ समितिले विभिन्न उपसमिति बनाएर देशका मुख्यमुख्य सहरमा अन्तरक्रिया गरी तयार पारेको बजेटसम्बन्धि सुझाव पनि अर्थमन्त्री खतिवडालाई बुझाइएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  २ : ०० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार