क्यानडाका लागि नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ « Khabarhub

क्यानडाका लागि नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राजदूत ढुङ्गानाले राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गरेकी थिइन् ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ४ : १३ बजे

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न