गुगलले ल्यायो दुई नयाँ स्मार्टफोन « Khabarhub

गुगलले ल्यायो दुई नयाँ स्मार्टफोन


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गुगलले आफ्नो नयाँ स्मार्ट फोन सार्वजनिक गरेको छ । गुगलले आई/ओ २०१९ को पिक्सेल सिरिजको दुई स्मार्टफोन (पिक्सेल थ्री ए) र (पिक्सेल थ्री ए एक्सएल) सार्वजनिक गरेको हो । यी दुवै स्मार्टफोन पिक्सेल थ्री र पिक्सेल थ्री एक्सएलको अपडेट भर्सन हो ।

दुवै स्मार्टफोनको हार्डवेयर स्पेसिफिकेसन भने करिब उस्तैउस्तै रहेको छ । यद्यपि डिस्प्ले साइज र केही फिचर्समा भने अन्तर रहेको छ । गुगलले सार्वजनिक गरेका दुवै फोनको बिक्री भने आगमी मे १५ बाट शुरु हुनेछ ।

कम्पनीले शुरुवाती विक्रीको अवसरमा ग्राहकका लागि केही योजना पनि उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय बजारमा पिक्सेल थ्री ए को मूल्य ३९९ डलर र पिक्सेल थ्री ए एक्सएलको मूल्य ४७९/४६९ डलर कायम गरिएको छ । यस्तै, भारतमा ‘पिक्सेल थ्री ए’ को मूल्य ३९,९९९ रुपैयाँ र ‘पिक्सेल थ्री ए एक्सएल’को मूल्य ४४,४९९ रुपैयाँ निर्धारण गरिएको छ । यी स्मार्टफोनको नेपालमा भने अहिलेसम्म मूल्य निर्धारण भएको छैन ।

गुगलले सार्वजनिक गरेको पछिल्ला दुई स्मार्टफोनको विशेषता भनेको गुणस्तरीय क्यामरा रहेको छ । यस्तै यी स्मार्टफोनमा उपलब्ध नयाँ फिचर्सले प्रयोगकर्तालाई उत्साहित बनाउने कम्पनीको दावी छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ४ : ३५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको