गुगलले ल्यायो दुई नयाँ स्मार्टफोन « Khabarhub

गुगलले ल्यायो दुई नयाँ स्मार्टफोन


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गुगलले आफ्नो नयाँ स्मार्ट फोन सार्वजनिक गरेको छ । गुगलले आई/ओ २०१९ को पिक्सेल सिरिजको दुई स्मार्टफोन (पिक्सेल थ्री ए) र (पिक्सेल थ्री ए एक्सएल) सार्वजनिक गरेको हो । यी दुवै स्मार्टफोन पिक्सेल थ्री र पिक्सेल थ्री एक्सएलको अपडेट भर्सन हो ।

दुवै स्मार्टफोनको हार्डवेयर स्पेसिफिकेसन भने करिब उस्तैउस्तै रहेको छ । यद्यपि डिस्प्ले साइज र केही फिचर्समा भने अन्तर रहेको छ । गुगलले सार्वजनिक गरेका दुवै फोनको बिक्री भने आगमी मे १५ बाट शुरु हुनेछ ।

कम्पनीले शुरुवाती विक्रीको अवसरमा ग्राहकका लागि केही योजना पनि उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय बजारमा पिक्सेल थ्री ए को मूल्य ३९९ डलर र पिक्सेल थ्री ए एक्सएलको मूल्य ४७९/४६९ डलर कायम गरिएको छ । यस्तै, भारतमा ‘पिक्सेल थ्री ए’ को मूल्य ३९,९९९ रुपैयाँ र ‘पिक्सेल थ्री ए एक्सएल’को मूल्य ४४,४९९ रुपैयाँ निर्धारण गरिएको छ । यी स्मार्टफोनको नेपालमा भने अहिलेसम्म मूल्य निर्धारण भएको छैन ।

गुगलले सार्वजनिक गरेको पछिल्ला दुई स्मार्टफोनको विशेषता भनेको गुणस्तरीय क्यामरा रहेको छ । यस्तै यी स्मार्टफोनमा उपलब्ध नयाँ फिचर्सले प्रयोगकर्तालाई उत्साहित बनाउने कम्पनीको दावी छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ४ : ३५ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार