शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन ढिलाई नगरौं : ‘प्रचण्ड’ « Khabarhub

शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन ढिलाई नगरौं : ‘प्रचण्ड’


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको नयाँ गठन प्रक्रिया शुरु गरिसकेको पनि जानकारी दिए ।

मानव अधिकारवादी नेता पदमरत्न तुलाधरको जिवनीमा आधारित पुस्तक ‘सर्वरत्न’ को बुधबार काठमाडौंका एक कार्यक्रमका बीच विमोचन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय ढंगले शान्ति प्रक्रियालाई पूरा गरेको सन्देश दिने अवसर गुमाउन नहुने पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मूल्य र मान्यताको आधारमा शान्ति प्रक्रिया अन्तरगत सेना समायोजन लगायतका महत्वपूर्ण काम सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी कामलाई पूर्णता दिन ढिलाई गर्न नहुने पनि बताए ।

उनले आफू नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पदमरत्न तुलाधरले पुर्‍याउनु भएको योगदानको स्मरण पनि गरे । अध्यक्ष दाहालले स्वर्गीय तुलाधरले नेपालको भाषा आन्दोलन, पहिचानको आन्दोलन, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ६ : ४५ बजे

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा

केन्द्रीय कमिटी बैठकमा नआएका पोखरेलले ओलीलाई भने, ‘तपाईंले छाड्नुको विकल्प छैन’

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग

सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

न्युयोर्क- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले