अमेरिकाले भेनेजुएलाका लागि ‘नौसैनिक अस्पताल’ पठाउने « Khabarhub

अमेरिकाले भेनेजुएलाका लागि ‘नौसैनिक अस्पताल’ पठाउने


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– पछिल्लो समय राजनीतिक संकटमा फसिरहेको ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा अमेरिकाले नौसैनिक अस्पताल पठाउने भएको छ ।

कोलम्बियाकी उपराष्ट्रपति मार्था लुसिया रामिरेजसँगको भेटवार्तापछि अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सनहनले भेनेजुएलामा मानवीय संकट उत्पन्न भएकाले त्यहाँका जनतालाई सहयोग गर्नका लागि युएसएस कम्फर्ट नामक नौसैनिक अस्पताल पठाउन लागिएको जनाएका हुन् ।

आगामी जुन महिनाबाट भर्जिनिया राज्यको नोरफोकमा रहेको नौसैनिक अखडाबाट युएसएस कम्फर्टलाई क्यारिबियन, मध्य अमेरिका तथा दक्षिण अमेरिकातर्फ पठाइने जनाएका हुन् ।

यो नौसैनिक अस्पतालको अभियान ५ महिनाका लागि निर्धारण गरिएको सनहनको भनाइ छ । यो नौसैनिक अस्पताललाई स्थान दिने मुलुकहरुको नाम पछि सार्वजनिक गरिने बताइएको छ ।

पछिल्लो समय समाजवादी राष्ट्रपति निकोलस मादुरोको कार्यकालमा भेनेजुएलामा मानवीय संकट उत्पन्न भएको बताइन्छ । गत जनवरी २३ मा त्यहाँका विपक्षी नेता हुआँ गुआइदोले आफैंलाई मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट बढ्दै गएको छ ।

गुआइदोलाई अमेरिकासहित पश्चिमा तथा केही ल्याटिन अमेरिकी मुलुकले समर्थन गर्दै आएका छन् भने मादुरालाई रुस र चीनसहित अन्य ल्याटिन अमेरिकाका बामपन्थी सरकार रहेका मुलुकहरुले सार्थन गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ६ : ५२ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन