बेलायती राजकुमार ह्यारी र मेघनले सार्वजनिक गरे नवजात शिशु « Khabarhub

बेलायती राजकुमार ह्यारी र मेघनले सार्वजनिक गरे नवजात शिशु


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– गत सोमबार पुत्रलाभ भएका बेलायती राजकुमार तथा राजकुमारीले शिशुलाई सार्वजनिक गरेका छन् । बेलायत राजकुमार ड्युक अफ ससेक्स ह्यारी तथा डचेस अफ ससेक्स मेगनले बेलायतको विण्डसर दरबारमा रहेको सेन्ट जर्जको हलमा नवजात शिशुलाई सञ्चारमाध्यमका अगाडि सार्वजनिक गरेका हुन् ।

आफ्नो परिवारमा नयाँ सदस्यको आगमन जादूजस्तै भएको राजकुमारी मेगनले बताएकी छिन् । शिशुलाई जन्म दिँदा आफू निकै हर्षित भएको समेत उनको भनाइ छ । उनले छोराको जन्म ‘सपनाजस्तै’ भएको जनाएकी छिन् । राजकुमार ह्यारीले पनि छोरालाई जन्म दिँदा आफू निकै हर्षित भएको तथा छोराको हेरचाह र रेखदेखका लागि आफूले पर्याप्त समय दिन चाहेको बताएका छन् ।

अब नवजात शिशुलाई लिएर आफूहरु महारानी तथा शिशुकी बुढी हजुरआमा एलिजावेथ कहाँ जाने उनीहरुले जनाएका छन् । गत सोमबार सबेरै जन्म भएको छोराको नाम भने हालसम्म राखिएको छैन । नवजात शिशु बेलायती राजगद्दीको उत्तराधिकारीको रोल क्रममा सातौं नम्बरमा आउने छन् ।

यो पनि पढ्नुस्

नेपाली मन पराउने बेलायती राजकुमार ह्यारीलाई पुत्र लाभ

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ९ : ०९ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई