बेलायती राजपरिवारका नयाँ सदस्यको नाम राखियो 'आर्ची' | Khabarhub Khabarhub

बेलायती राजपरिवारका नयाँ सदस्यको नाम राखियो ‘आर्ची’


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायती राजपरिवारमा गत सोमबार आगमन भएको शिशुको नाम ‘आर्ची’ राखिएको छ । बेलायती राजकुमार ड्युक अफ ससेक्स ह्यारी तथा डचेस अफ ससेक्स मेगनले गत सोमबार जन्म दिएको शिशुको नाम ‘आर्ची’ राखिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अब ती शिशुको पूरा नाम आर्ची ह्यारिसन माउण्टबटेन विण्डसर हुनेछ । बेलायती महारानी एलिजाबेथ तथा उनका पति ड्युक अफ एडिनबर्गले विण्डसर दरबारमा शिशुलाई हेरेपछि नाम तय गरिएको हो ।

यसअघि राजकुमार तथा राजकुमारीले शिशुलाई विण्डसर दरबारमा पहिलोपटक सञ्चारमाध्यमसमक्ष सार्वजनिक गरेका थिए । गत सोमबार बिहान ५ बजेर २६ मिनेटमा जन्मेको शिशु तथा आमा दुबै स्वस्थ रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : ४७ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय