‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ लामिछाने र खत्रीलाई « Khabarhub

‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ लामिछाने र खत्रीलाई


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय समाचार समिति ९रासस० कर्मचारी सङ्घले हरेक वर्ष प्रदान गर्दै आएको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ यस वर्ष समितिका अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाप्रमुख सोमनाथ लामिछाने र सङ्घका पूर्वअध्यक्ष केशव खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सङ्घको बुधबार बसेको बैठकले उक्त पुरस्कार उहाँहरुलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष मनोजकुमार लामिछानेले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रू पाँच हजार एक र सम्मानपत्र रहेको छ ।

सम्पादक लामिछाने विगत २४ वर्षदेखि राससमा समाचार सङ्कलन, समाचार सम्पादन र प्रशासन प्रमुख भई सेवा गरिसक्नुभएको भने चालक खत्री २३ वर्षदेखि सवारी चालकको रुपमा कार्यरत हुनुहुन्छ ।

उक्त पुरस्कार राससको आगामी फागुन ७ गते ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिनेछ । राससमा लामो समय सेवा गर्नुभएका यात्रीको स्मृतिमा रासस कर्मचारी सङ्घले २०६६ सालमा उक्त पुरस्कार स्थापना गरेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : १२ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन