मेस्सीको विकल्प खोज्दै बार्सिलोना, को आउला नयाँ खेलाडी ? « Khabarhub

मेस्सीको विकल्प खोज्दै बार्सिलोना, को आउला नयाँ खेलाडी ?


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेनिस महारथी बार्सिलोनाले खेलाडी सरुवाबाट टिममा भित्र्याउँदा कप्तान लियोनल मेस्सीको विकल्प खोजिरहेको जनाएको छ ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले बीबीसीसँग बोल्दै क्लबले नयाँ खेलाडी टिममा आवद्ध गर्दा कप्तान लियोनल मेस्सीको सन्यासपछि क्लबलाई अगाडि बढाउने खेलाडी खोजिरहेको बताएका हुन् ।

बार्सिलोनाले अघिल्लो महिना २१ वर्षीय मिडफिल्डर फ्रान्किइ डे जोङलाई अजाक्सबाट भित्र्याएको थियो । ३१ वर्षे मेस्सीले बार्सिलोनाका लागि ६ सय ६४ खेलमा ५ सय ८१ गोल गरिसकेका छन् ।

“मलाई थाहा छ । मस्सीले एकदिन सन्यासको घोषणा गर्नेछन्,”बार्टामोउले बीबीसीसँग भने ।

बार्सिलोनासँग मेस्सीको सम्झौता अझै बाँकी रहेको छ । बार्टामोउले पनि कप्तान मेसीको सन्यासको समय केही वर्षमात्रै बाँकी रहेको बताए ।
२५ वर्ष लगातार ला—लीगाको च्याम्पियन बनेको बार्सिलोना क्लबलाई नयाँ युगमा पनि अहिलेको क्लबको सफलतालाई निरन्तरता दिन सक्ने खेलाडीको खोजी भइरहेको छ ।

“हामी क्लबको भविष्यको खोजीमा छौं,” २०२१ सम्म क्लबको अध्यक्षको जिम्मेवारीमा रहेका बार्टामोउले भने,“हामी उदयीमान युवा खेलाडीलाई टिममा ल्याउन चाहान्छौं । किनकी क्लबको अहिलेको सफलतालाई नयाँ युगमा पनि निरन्तर रुपमा अगाडि बढाउने चाहान्छौं । त्यो हाम्रो दायित्व हो ।”

उनले अगाडि भने,“मेरो जिम्मेवारी २ सिजनमा सकिँदै छ । त्यसैले, म क्लबले राम्रो स्थानमा हुँदा क्लब छाड्न चाहान्छु र नयाँ अध्यक्षलाई यही हाम्रो नीति हो भन्नेछु ।”

सन् २०१७ मा मेस्सीले आफू सपनाको नजिक रहेको बताएका थिए । उनले बार्सासँग नयाँ सम्झौता गर्दै घर (अर्जेन्टिना) को करियर सकिएको बताएका थिए ।

मेस्सीले बार्सिलोनालाई ९ पटक ला—लीगा उपाधि जिताएका छन् । तेसै गरि उनले ४ च्याम्पियन्स लिग र ६ कोेपा डेल रेको उपाधि समेत वार्सिलोनालाई जिताएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : ५८ बजे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध