सशस्त्र प्रहरीका असई विरुद्ध मुद्दा दायर « Khabarhub

सशस्त्र प्रहरीका असई विरुद्ध मुद्दा दायर


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

असई चन्दले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवारत रहेको उजुरीमाथि छानविन गरी अख्तियारले मुद्दा दायर गरेको हो । चन्दले सहायक निरीक्षक पदमा नियुक्तिका क्रममा माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश भारतबाट प्राप्त गरेको भनिएको इन्टरमिडियट तहको प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) को कसुरमा मुद्दा चलासँगै चन्द स्वतः निलम्बनमा परेका छन् । अख्तियारको दाबी ठहर भएमा उनलाई ६ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : ५६ बजे

यस्तो पोर्चुगलको टोली, रोनाल्डोले ६ पटक विश्वकप खेल्दा कोको परे टिममा ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकपका लागि पोर्चुगलको टोली

प्रहरीमा उजुरी दिन अब कार्यालय जानै नपर्ने

काठमाडौं । प्रहरीमा उजुरी दिन अब प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली