सशस्त्र प्रहरीका असई विरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

सशस्त्र प्रहरीका असई विरुद्ध मुद्दा दायर


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

असई चन्दले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवारत रहेको उजुरीमाथि छानविन गरी अख्तियारले मुद्दा दायर गरेको हो । चन्दले सहायक निरीक्षक पदमा नियुक्तिका क्रममा माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश भारतबाट प्राप्त गरेको भनिएको इन्टरमिडियट तहको प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) को कसुरमा मुद्दा चलासँगै चन्द स्वतः निलम्बनमा परेका छन् । अख्तियारको दाबी ठहर भएमा उनलाई ६ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : ५६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका