काठमाडौंमा ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ | Khabarhub Khabarhub

काठमाडौंमा ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको भृकुटीमण्डवमा ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ शुरु भएको छ । शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले एक कार्यक्रमका बीच निर्माण सामग्रीहरुको अन्तर्राष्ट्रिय प्रर्दशनी ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ को उद्घाटन गरेका हुन् ।

निर्माण सामग्रीहरुबारे एकैथलोमा विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको प्रर्दशनीका संयोजक सृजल भट्टराईले जानकारी दिए । ३ दिनसम्म चल्ने प्रर्दशनीमा ७० वटा स्वदेशी र ७० वटा विदेशी कम्पनीहरुले स्टल राखेका छन् ।

निर्माणसम्बन्धि नयाँ–नयाँ प्रविधिबारे प्रर्दशनीमा जानकारी लिने व्यवस्था पनि गरिएको छ । निःशुल्क प्रवेश गर्न पाउने प्रर्दशनीमा घर बनाईरहेकाहरुलाई आवश्यक ढोका, झ्याल, टवाईलेटका आवश्यक सामग्रीहरु विशेष छुटका साथ पाउने व्यवस्था पनि गरिएको संयोजक भट्टराइले बताए । पुनर्निर्माणको अभियानमा सघाउ पु¥याउन पनि उपयोगी हुने गरी आयोजना गरिएको प्रर्दशनीमा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ४ : ५३ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक

सेवा प्रवाह प्रभावकारी नभएको गुनासो

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरूको

शिक्षणका डाक्टरमाझ प्रधानमन्त्रीले भने- तीन हजार वर्षअघि नै चतरामा ऋषि सुश्रुतले सर्जरी गरेका थिए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय इतिहासका तथ्यले पुष्टि