अस्ट्रेलियामा चलेन सन्दीपको जादू « Khabarhub

अस्ट्रेलियामा चलेन सन्दीपको जादू


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  मेलवर्न स्टार्सबाट खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) मा ब्रिसबाने हिटविरुद्ध विकेट बिहीन रहेका छन् ।

शुक्रबार ब्रिसबाने क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीसामू मेलबर्न स्टारर्सका बलर निरीह बने ।

२ ओभर बलिङ गर्ने अवसर पाएका सन्दीपले पहिलो ओभरमा रन नियन्त्रण गरेपनि दोेस्रो ओभरमा महँगा सावित भए । पहिलो ओभरमा ८ रन दिएका सन्दीपले दोस्रो ओभरमा १९ रन खर्चे । सन्दीपको ओभरमा हिटले लक्ष्य पुरा गर्यो ।

टस हारेर पहिलो ब्याटिङ गरेको मेलबर्न स्टारर्सले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १५६ रन बनाएपछि १५७ रनको लक्ष्य सहित मैदानमा उत्रिएको ब्रिसबाने हिटले १० ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

ब्रिसबानेका लागि ओपनिङ ब्याट्सम्यान वेन कटिङले ८१ तथा म्याक्स ब्रायनेटले ७१ रन बनाए ।

लामिछानेले बीबीएलमा यसअघिका ४ खेलमा ८ विकेट सिलएका थिए । आजको खेलमा उनले राम्रो पुनरागमन गर्ने अपेक्षा गरिएपनि उनको टिमको प्रदर्शन कमजोर रहँदा उनीमाथि पनि दबाब रहेको मैदानमा उनको अनुहारले देखाइरहेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ६ : २३ बजे

रुसको रोजाइमा हवाई आक्रमण

युक्रेनको राजधानी किभमा पछिल्लो साता लगातार मिसाइल र ड्रोन आक्रमण

गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज सार्वजनिक गरिने

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ को नीति

खाणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री

दुई देशको सम्बन्ध अगाडि बढाउने पहल भारतले गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महत्त्वपूर्ण ७ बुँदामा

बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै

बैतडी– बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति,