सूचना प्रविधि मेला अवलोकनकर्ताको भीड « Khabarhub

सूचना प्रविधि मेला अवलोकनकर्ताको भीड


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर : कम्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा भरतपुरमा ‘चौथो क्यान इन्फोटेक–२०७५’ सूचना प्रविधि मेलामा अवलाेकनकर्ताकाे भीड बढेको छ ।

भरतपुरको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा शुक्रबार मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री लामाले कृषि, पर्यटन र जलविद्युत्लाई सूचना प्रविधिसँग जोडेर देशलाई समृद्ध बनाउन सकिने बताए । सूचना, प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै प्रविधिमैत्री जनशक्ति निर्माण र आइटी क्षेत्रको नयाँ प्रविधिलाई उजागर गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला मूल समिति संयोजक एवं सङ्घका शाखा अध्यक्ष भानु शर्माले बताए ।

‘चितवनको समृद्धिः सूचना र प्रविधि’ नाराका साथ आयोजना गरिएको मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्री) तथा सफ्टवेयर, सुरक्षा सम्बन्धित सामग्री, मोबाइल, स्मार्ट टिभीलगायतका ८० कक्ष रहेका छन् । मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिसमेत राखिएको क्यानले जनाएको छ ।

पाँच दिनसम्म चल्ने उक्त मेलामा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहाने युवा विद्यार्थीको प्रतिभा देखाउने र नयाँ क्षमता अभिवृद्धि गर्ने युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक ‘आइडिया हन्ट’ कार्यक्रम आयोजना गरिएको सङ्घका सचिव सन्तोष भुसालले जानकारी दिए ।

मेलामा आइटीसम्बन्धी अन्तक्र्रियामा ‘डिजिटल नेपाल’ प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइट निर्माण प्रतियोगिता, केलेजस्तरीय हाजिरी जवाफ प्रतियोगिता, आइटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार मेलामा आयोजना गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ०४ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया