आजको मौसम : देशभर आंशिक बदली, हावाहुरी चल्ने सम्भावना « Khabarhub

आजको मौसम : देशभर आंशिक बदली, हावाहुरी चल्ने सम्भावना


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (शनिबार) देशभरको मौसममा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ३ दिनको मौसमी जानकारी दिँदै देशका अधिंकाश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

विभागका अनुसार पूर्व र मध्य क्षेत्रको मौसम सामान्य बदली हुनेछ । यस्तै पश्चिमी पहाडी क्षेत्रको मौसम पनि सामानय बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । पूर्व तथा मध्य भूभागका केही र पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्को वरुण पौडेलले जानकारी दिए ।

मौसमविद् पौडेलका अनुसार आज हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । मनसुन पूर्वको स्थानीय मौसमी गतिविधि सक्रिय रहेकाले बेलुका वा रातिको समयमा देशको पश्चिम तथा मध्य क्षेत्रमा चट्याङ पर्ने, असिना पानीसहित हावाहुरीको सम्भावना हुने भएकाले सचेत रहन उनले आग्रह गरे ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको जानकारी यस्तो छ ।

जेठ २५ गते (शनिवार):

दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भूभाग लगायत मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जेठ २६ गते (आईतवार)

दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २७ गते (सोमवार)
दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ९ : ०४ बजे

दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि जारी पहिलो महाधिवेशनको भद्रगोल

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक

रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि चितवनमा जारी पहिलो महाधिवेशनको

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी

बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ?

काठमाडौं– बिहेको उमेर घटाउनुपर्ने विषयमा नेकपा एमालेका नेता डा. बिन्दा